Sidha Patra शुक्रबार, माघ २३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल र नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप शुक्रबार काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । त्यस्तै प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको आमसभा काठमाडौंको नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँने भएको छ ।

यस्तै आमसभाका लागि दरबार अगाडिको सडक खालि गरिएको छ भने जनसभामा तीन लाख बढी मानिसहरु उर्ताने आयोजकले बताएको छ । त्यसैगरी ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्‍याली निकालेको थियो ।

त्यस्तै ओली समूहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने आयोजकको दाबी रहेको छ । ओली समूहले दरवारको अगाडि कार्यक्रम गराउनुलाई अनेक तर्क गरिएको छ ।

यस्तै पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अशोभनीय भएको दाहाल र नेपाल समूहका नेताहरुको भनाइ छ ।

त्यस्तै दाहाल र नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बोल्दै ओली राजावादीहरुको भीडमा बसेको आरोप लगाउनु भएको थियो । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनु भएको थियो ।

यसैगरी यता नेकपाको ओली समूहले आज हुने जनसभाको तयारी स्वरुप काठमाडौँमा मार्चपास गरेको छ भने राष्ट्रिय युवा संघ नेपाल,अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन,खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]