
Amb
Jsbus
Bksbus5
dsbus
Csbus
Gsl
Gsbus
Ddhbs
Pbu
Ssbus
Nssbus7
Ratbs
gms
Rbs

Rgu
Sls
Pvg
Tsm
Rgs
Ggd
Rgu
Asm
Ksm
Rsb
Vor
Bbu
Wsp
Ssm
Gst
Sbs
nsb
Bbbpu
Hal

Syp
Abd
Bml
Ptm
sab
Jmb
Gsb
Rpp
Rmb
Mks
bbt
Pls
Jmb
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल र नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप शुक्रबार काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । त्यस्तै प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको आमसभा काठमाडौंको नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँने भएको छ ।
यस्तै आमसभाका लागि दरबार अगाडिको सडक खालि गरिएको छ भने जनसभामा तीन लाख बढी मानिसहरु उर्ताने आयोजकले बताएको छ । त्यसैगरी ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्याली निकालेको थियो ।
त्यस्तै ओली समूहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने आयोजकको दाबी रहेको छ । ओली समूहले दरवारको अगाडि कार्यक्रम गराउनुलाई अनेक तर्क गरिएको छ ।
यस्तै पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अशोभनीय भएको दाहाल र नेपाल समूहका नेताहरुको भनाइ छ ।
त्यस्तै दाहाल र नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बोल्दै ओली राजावादीहरुको भीडमा बसेको आरोप लगाउनु भएको थियो । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनु भएको थियो ।
यसैगरी यता नेकपाको ओली समूहले आज हुने जनसभाको तयारी स्वरुप काठमाडौँमा मार्चपास गरेको छ भने राष्ट्रिय युवा संघ नेपाल,अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन,खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।
