
Bksbus5
Csbus
Ddhbs
Nssbus7
Ratbs
Gsbus
gms
dsbus
Amb
Gsl
Ssbus
Rbs
Pbu
Jsbus

Wsp
Vor
Rgs
Hal
Rsb
Bbu
Ssm
Ggd
Sls
Tsm
Pvg
Rgu
Ksm
Bbbpu
Rgu
Sbs
nsb
Asm
Gst

Jmb
Gsb
Bml
bbt
Mks
Jmb
sab
Pls
Syp
Abd
Ptm
Rpp
Rmb
दाङ । विघटित संसदको पुनस्थापना गरौं संघियताको विरोध गरौं,गणतन्त्र ,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ भन्ने मुल नाराका साथ राजमो राजपुर एरिया कमिटीको आयोजनामा आइतबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा विरोधसभालाई सम्बोधन गरदै प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष तथा पूर्व संविधानसभाका माननीय सभासद रश्मिराज नेपालीले नेकपाको नेतृत्व गरिरहेको केपी शर्मा ओलीको संसद् विघटनको कदम प्रतिगामी र असंवैधानिक भएकोले विघटित संसद पुनःस्थापना हुनुपर्ने र त्यसका लागि सबै गणतन्त्रवादी धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाका लागि एक जुट भएर संयुक्त सङ्घर्षमा आउन आह्वान गर्नु भयो ।त्यस्तै उहाँले राजपुर गाउँपालिका दाङको धेरै भूगोल ओगटेको प्राकृतिक रुपमा साधनस्रोत सम्पन्न र उर्वरा भूमि भएको हुँदा हुँदै पछिल्लो समयमा जिम्मेवार निकाय र व्यक्तिहरूबाट चुरे विनाश हुनु राप्ती नदी वरदानको रुपमा भएतापनि सिँचाइ सुविधा नहुँदा किसानहरुले समयमा खेती गर्न नपाउनु दुर्भाग्य भएको बताउनु भयो ।
यसैगरी प्रमुख अतिथि नेपालीले स्थानीय गाउँपालिका प्रदेश तथा संघीय सरकारले साविक गोबरडिहा र गंगापरस्पुरको सिमानामा मुहान बनाई राप्ती नदीमा सिचाई नहर योजना अगाडि बढाउन यस क्षेत्रका किसानहरु प्रतिवद्ध हुन पर्ने राप्ती नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन हुनुपर्ने सीमा नाका र चुरे क्षेत्रमा दशकको देखि बसोबास गर्दै आएका भूमिहीन स्थानीय बासिन्दाहरुलाई व्यवस्थित बसोबास गराई लालपुर्जा उपलब्ध गराउनु पर्ने माग गर्नु भयो ।
त्यस्तै सो विरोध सभालाई सम्बोधन गर्नु हुँदै अखिल नेपाल युवा सङ्घको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले संसद विघटन पछाडि देशका प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको भन्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमका विरुद्धमा एकजुट भएर संघर्ष गर्नुपर्ने साथै सोही कार्यक्रम राजमोका जिल्ला उपाध्यक्ष महेश रिजाल र अखिल (छैंठौ) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, राजमो एरिया कमिटिका सदस्य लक्ष्मीप्रसाद बुढा, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य सीमा रोका लगायतले मन्तब्य दिनु भएको थियो ।
राजमो राजपुर एरिया कमिटीको कोषाध्यक्ष राम फकिरे रैदासको अध्यक्षता तथा एरिया सदस्य राजकुमार विश्वकर्मा (कमल)को स्वागत मन्तव्य र सहिदहरुप्रति एक मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रममा राजमो एरिया कमिटी सदस्य सुर्जमाया घर्तीले कविता वाचन सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सहजकर्ता राजमो समितिको सहसचिव मनकुमार राणा ले गर्नुभएको थियो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत नृत्य प्रस्तुत गर्नुभएको थियो ।
