
Gsl
dsbus
gms
Ssbus
Rbs
Ratbs
Gsbus
Pbu
Bksbus5
Amb
Jsbus
Nssbus7
Csbus
Ddhbs

Rgu
Sbs
Sls
Bbu
Asm
Vor
Rgs
Ggd
Gst
Wsp
Hal
Rsb
nsb
Rgu
Tsm
Bbbpu
Pvg
Ssm
Ksm

Ptm
Gsb
sab
Rpp
Rmb
Pls
bbt
Mks
Syp
Jmb
Abd
Jmb
Bml
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन,प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक,युट्युब,अनलाइन जस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका,२०७७ जारी गर्ने तयारी गरिएको बताउनु भयो ।
त्यस्तै नेपाली समाजलाई अराजकता, विकृति विसङ्गति तर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चार कर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराउँदै उहाँले त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको प्रष्ट पार्नु भयो ।
उहाँले पछिल्ला केही दिनमा स्वतन्त्रताका आडमा छाडा,उत्तेजक,व्यक्ति केन्द्रित,मुलुकका सर्वोच्च अङ्ग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई सामाजिक सञ्जाल र केही जिम्मेवार सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने पाइएकोले त्यसलाई नियमन गर्न निर्देशिका ल्याउन लागिएको बताउनु भएको छ । लामो राजनीतिक द्वन्द्वबाट स्थिापित लोकतन्त्रिक शासन पद्धिति माथि प्रहार गर्ने,हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने खालका अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमको गतिविधि खेदजन्य छ,उहाँले भन्नु भयो ।
‘तोकिएको मितिमै निर्वाचन हुन्छ’
त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निर्वाचनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध सरकारले मिलाइसकेकाले तोकिएकै मितिमा निर्वाचनमा हुनेमा कुनै भ्रम नपाल्न सबैमा आग्रह गर्नु भएको छ । तोकिएकै मितिमा निर्वाचन गर्नको निम्ति सुरक्षा परिषद्को बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको बताउँदै उहाँले प्रधानमन्त्रीले आज निर्वाचन आयोग पुगेर निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको र कुनै अलमलमा नपर्न अनुरोध गरेको पनि जानकारी दिनु भयो ।
