
mbd
Sds
Mbdvs
Pbu
Rbs
Gisld

Ksm
Ggd
Sbs
Rgu
Bbu
Sls
Pvg
Rgs
Asm
Wsp
Ssm
Rgu
Rsb
Bbbpu
Hal
Vor
Tsm
Gst
nsb

Bml
Rmb
bbt
Mks
Rpp
Ptm
Syp
Jmb
Gsb
Abd
Pls
sab
Jmb
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नं १ स्तरीय कार्यकर्ता भेला शुक्रबार कठबेरुवामा सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष मा नमराज शर्मा,सचिव नारायणी काला थोकी, कोषाध्यक्ष डोरा प्रसाद पार्दे, सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ चयन हुनु भएको छ भने पुराना कम्युनिष्ट नेता थम बहादुर थापालाई सल्लाहकारमा चयन गरेको हो ।
त्यस्तै बेमराज खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहिद प्रति एक मिनेट मौनधारण गरी शुरु गरिएको थियो । त्यसैगरी वडा भेलामा १०८ वर्षीय जेष्ठ नागरिक अमर चौधरी र ९३ वर्षीय जेष्ठ नागरिक लिलाधर खनाललाई राजमो दाङका उपाध्यक्ष महेश रिजालले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
यसैगरी सो कार्यकर्ता भेलाका अतिथिहरु राजमोका पूर्व केन्द्रीय कोषाध्यक्ष ओम बहादुर केसी, राजमो दाङ जिल्ला समितिको सल्लाहकार गुणनिधि शर्मा, जिल्ला सदस्य कपिलदेव खनाल, राजमो एरिया समितिका सदस्य तथा जातीय समता समाज दाङ जिल्ला समितिको सदस्य राजकुमारी विश्वकर्मा (कमल) लगायतले जेष्ठ नागरिक चौधरी र खनाललाई अबिर लगाई सम्मान प्रकट गर्नु भएको थियो। कार्यक्रममा राजमो राजपुर एरिया कमिटीका सल्लाहकार नवराज शर्माले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन अखिल (छैंठौ) जिल्ला समितिको सदस्य दिनेश रैदासले गर्नु भएको थियो ।
