
Ssbus
Gsl
Ssbus
Ssbus
Bs1
ssbus
Sssbus1
tssbus
nsm
Pbu
Sssbus1
काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । त्यस्तै लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् । उक्त नार्पा भूमि गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता थिए । जसमा ३०४ मत […]
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका वडा नम्बर ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन् । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ पर्नु भएको छ । उहाँलाई आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताएका छन् । स्थानीय निर्वाचनको ठिकअघि उहाँलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको छ । […]
प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । यस्तै घाइते हुनेमा शंकर विश्वकर्मा,टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । त्यस्तै गाउँमा भोट माग्दै हिँडेका […]
काठमाडौं। सिरहामा मतदातालाई पैसा बाँड्ने क्रममा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार […]
कपिलवस्तु । नगरवासिहरुको रोजाईमा पर्न सफल महाराजगंज नगर प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतांत्रिक समाजवादी पार्टी नेपाल तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु । लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गएराति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी रहनुभएको थियो । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो । चुनाब प्रचारकै क्रममा एक्कासी विरामी […]
रोल्पा । थबाङ गाउँपालिकाको उवामा सोमबार चुनावी सभा सम्पन्न भएको छ । युगौदेखि आन्दोलित र शस्त्र द्वन्द आधारले रोल्पा कम्युनिस्ट जग मानिएको ठाँउ हो । थबाङ गाउँपालिकामा जम्मा ५ वटा वडा पालिकाहरु छन् । जसमा थबाङमा १ र २ वडा, मुरुल ३ नम्बर वडा,तेलखोलादेखि माथी ४नम्बर वडा र उवा थुलो गाउँसम्म ५ नम्बर वडा मिलेर […]
कपिलवस्तु । जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान) कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। अकरम पठान ले आफू मेयर पदमा निर्वाचित भए सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएउने उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा […]