
Gsb
Ppu
gis
mss
Ssb
Rsb
Csb

Tsb
Ssb

Nps
Rgu
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गएराति मृत्यु भएको हो ।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी रहनुभएको थियो । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो ।
चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो । तर,त्यहाँ पनि निको नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।
त्यही क्रममा उहाँको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभएको छ ।
