
nsm
Sssbus1
Ssbus
Bs1
Pbu
Ssbus
Gsl
Ssbus
Sssbus1
tssbus
ssbus

Bbbpu
Gst
Pvg
Sls
Ssm
Rgu
Rgs
Asm
Bbu
Ksm
Rgu
Vor
Hal
Sbs
Rsb
nsb
Tsm
Wsp
Ggd

Bml
bbt
Rpp
Syp
Ptm
Abd
Rmb
Pls
Gsb
Jmb
Jmb
Mks
sab
कपिलवस्तु । नगरवासिहरुको रोजाईमा पर्न सफल महाराजगंज नगर प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतांत्रिक समाजवादी पार्टी नेपाल तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु ।
लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै नगर लाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ शिक्षा, व्यापार र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
पुस्तौ देखि राजनीतिक पृष्ठभूमि बोकेको उहाँ को परिवार ले यस पटक लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्ललाई अगाडि ल्याएको हो ओमकार नाथ शुक्ल संगठित राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने तथा जनताले नगर प्रमुख पदमा चुने शुक्ला आफ्नो जिम्मेवारी पूर्ण रूपमा इमानदारीका साथ निर्वाह गर्ने स्थानीय हरूले बताए ।
स्थानीय तहको निर्वाचनमा आफूलाई नगरको जनताले विजयी बनाए नगरमै उत्कृष्ट कार्य गरि नगरलाई समृद्ध बनाउने खाका तयार गरि अगाडि बढ्ने पुरा हुन नसकेका विकास निर्माणका काम अब शुक्ला ले अठोटका साथ पूरा गर्ने बताए । उहाँ प्रति लोसपा पार्टी ले विश्वास गरि नगरको विकास गर्न सक्षम रहेको भन्दै नगर प्रमुख पदमा टिकट दिएको थियो ।
भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका शुक्ला युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित शुक्ला अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।
नगर प्रमुख पदका उम्मेदवार शुुक्ला आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सरसफाई लगायत भौतिक विकास निर्माण तथा सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
