अजय मिश्र/कपिलवस्तु मंगलबार, बैशाख २७, २०७९

कपिलवस्तु । नगरवासिहरुको रोजाईमा पर्न सफल महाराजगंज नगर प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतांत्रिक समाजवादी पार्टी नेपाल तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु ।

लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै नगर लाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ शिक्षा, व्यापार र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

पुस्तौ देखि राजनीतिक पृष्ठभूमि बोकेको उहाँ को परिवार ले यस पटक लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्ललाई अगाडि ल्याएको हो ओमकार नाथ शुक्ल संगठित राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने तथा जनताले नगर प्रमुख पदमा चुने शुक्ला आफ्नो जिम्मेवारी पूर्ण रूपमा इमानदारीका साथ निर्वाह गर्ने स्थानीय हरूले बताए ।

स्थानीय तहको निर्वाचनमा आफूलाई नगरको जनताले विजयी बनाए नगरमै उत्कृष्ट कार्य गरि नगरलाई समृद्ध बनाउने खाका तयार गरि अगाडि बढ्ने पुरा हुन नसकेका विकास निर्माणका काम अब शुक्ला ले अठोटका साथ पूरा गर्ने बताए । उहाँ प्रति लोसपा पार्टी ले विश्वास गरि नगरको विकास गर्न सक्षम रहेको भन्दै नगर प्रमुख पदमा टिकट दिएको थियो ।

भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका शुक्ला युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित शुक्ला अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।

नगर प्रमुख पदका उम्मेदवार शुुक्ला आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सरसफाई लगायत भौतिक विकास निर्माण तथा सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]