मोटरसाइकलमा सवार प्रहरी माथि दुर्व्यवहार गर्ने विराटनगरका ३ जना पक्राउ

मोरङ । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष कामले को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारी हरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी […]

भागरथीको अन्तिम संस्कार मृत्यु भएको १७ औं दिन पछि गरिँदै

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित […]

लमही न.पाको कुल ५० लाखको बजेटद्वारा फलकापुरमा पक्की नाला निर्माण सुरु

दाङ । लमहि नगर पालिका ३ फलकापुरकाे उत्तरतर्फकाे दुई सय २५ मिटर सडकमा पक्की नालि निर्माण गर्ने कार्य सुरु भएको छ । लमहि नगर पालिकाकाे कुल ५० लाखकाे बजेटद्वारा उक्त नाली निर्माण कार्य सुरु भएको हाे । विगतमा नाली नभएर हैरानी खेपिरहेका नागरिकले सो नाली निर्माण कार्य सुरु हुन थाले पछि खुसि भएका छन् । […]

आज राष्ट्रिय प्रजातन्त्रको ७१ औं दिवस देशभर कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैछ । वि.स २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । त्यस्तै दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको […]

खानेपानीको समस्या दाङमा छिट्टै समाधान हुन्छ : मुख्यमन्त्री पोख्रेल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रलले दाङमा खानेपानीको समस्यालाई छिट्टै नै समाधान गर्ने बताउनु भएको छ । दाङ जिल्लामा खानेपानी समाधानका लागि हाइड्याम्पको निमार्ण र माडीको पानी दाङमा ल्याएर खानेपानीको समस्या समाधान गर्ने बताउनु भएको हो । बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारले उपलब्ध गराउदै आएको […]

सुर्खेत नेपालगंज सडक खण्डमा लागुऔषध सहित एक युवक पक्राउ

सुर्खेत । सुर्खेत नेपालगंज सडक खण्डमा नेपालगंज देखी जहरे सम्मको लागी जाँदै गरेको बसमा यात्रा गरिरहेका एक युवालाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष १९ को गणेश थापालाई लागुपदार्थ सहित पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी ब्युरोको टोली र कर्णाली प्रदेश लागुऔषध व्युरो […]

भागरथीको हत्या प्रकरणका आरोपित दिनेश भट्टलाई प्रहरीद्वारा सार्वजनिक

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय,बैतडीमा आयोजित पत्रकार […]

देउखुरीको बालजनता मा.विमा ८ औं प्रअको रुपमा केसी हाजिर

दाङ । देउखुरी पुरानाे तथा दाेस्राे धनी विद्यालयकाे रुपमा रहेकाे बालजनता माध्यमिक विद्यालय बनगाउमा नयाँ प्रअ हाजिर हुनु भएको छ । प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर ३ धर्माेदय माध्यमिक विद्यालयबाट सरुवा मिलाएर बालजनता मा.वि बनगाउँमा आउनु भएका कृष्ण केसीले प्रअको जिम्मेवारी पाउनु भएको हाे । त्यस्तै प्रअकाे कार्यकाल ७ वर्ष भए पनि उहाँले प्युठानमा २१ […]

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता दाङमा हुने

दाङ । स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता तुलसीपुरमा हुने भएको छ । दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा यही चैत १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन भएको हो । त्यस्तै खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष बसन्त गिरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ […]

हिमआँधीबाट अमेरिकामा कम्तीमा २० जनाको मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्स सम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको हो ।टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]