Sidha Patra बिहिबार, फाल्गुण ०६, २०७७

सुर्खेत । सुर्खेत नेपालगंज सडक खण्डमा नेपालगंज देखी जहरे सम्मको लागी जाँदै गरेको बसमा यात्रा गरिरहेका एक युवालाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष १९ को गणेश थापालाई लागुपदार्थ सहित पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी ब्युरोको टोली र कर्णाली प्रदेश लागुऔषध व्युरो र ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले सुर्खेत नेपालगंज सडक खण्डमा नेपालगंज देखी जहरे सम्मको लागी जाँदै गरेको बा ४ ख १९६१ नं. को यात्रुबाहक हाईस रोकी चेकजाँच गर्ने क्रममा सोहि गाडिमा सवार रहेका थापालाई शंका लागि गाडिबाट ओराली खान तलासी गर्दा लागुपदार्थ भेट्टिएको हो । उनले लगाएको जकेटको बाँया पट्टिको खल्तिमा लुकाई छिपाई राखेको ३ वटा प्लाष्टिकको पोका बनाई राखेका नापतौल गर्दा प्लाष्टिक सहित ३ ग्राम ४७० मिलीग्राम र खाली धुलो पदार्थ मात्र ३ ग्राम १२० मिलीग्राम लागुऔषध ब्राउन सुगर र नाईट्राभेट ट्याब्लेट ३ पत्ता सोहि भित्र २९ वटा ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक ३ पत्ता सो भित्र २४ ट्याब्लेट, सोहि खल्तिबाट प्रोक्सिवोन प्लस ट्याब्लेट १ पत्ता सो भित्र १६ वटा ट्याब्लेट र पाईन्टको पछाडीको खल्तीबाट नेपाली रुपयाँ रु.१५०५ र भिभो कम्पनिको मोबाईल १ थान फेला परेको हो ।

उनको साथबाट उक्त लागुऔषध ब्राउन सुगर र नाईट्राभेट ट्याब्लेट बरामद गरी आवश्यक अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएके छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]