
Sebsg
Gst
gst
Pbu
Unsku
Gipsg
Gipsg
Gsg
Gmssl

Rsb
Sbs
Rgu
Ssm
Asm
nsb
Bbbpu
Tsm
Gst
Rgu
Wsp
Bbu
Ggd
Pvg
Rgs
Hal
Sls
Ksm
Vor

Rpp
Mks
Ptm
sab
Pls
Rmb
Bml
Gsb
bbt
Syp
Jmb
Abd
Jmb
दाङ । देउखुरी पुरानाे तथा दाेस्राे धनी विद्यालयकाे रुपमा रहेकाे बालजनता माध्यमिक विद्यालय बनगाउमा नयाँ प्रअ हाजिर हुनु भएको छ ।
प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर ३ धर्माेदय माध्यमिक विद्यालयबाट सरुवा मिलाएर बालजनता मा.वि बनगाउँमा आउनु भएका कृष्ण केसीले प्रअको जिम्मेवारी पाउनु भएको हाे । त्यस्तै प्रअकाे कार्यकाल ७ वर्ष भए पनि उहाँले प्युठानमा २१ वर्ष सेवा दिनु भएको थियाे । यस्तै केसी ०७६ साल असार १० गते मा.वि बनगाउँमा बिज्ञान बिषयकाे शिक्षककाे रुपमा अध्यापन गराउदै आउनु भएको थियाे । माघकाे १० गते नयाँ अध्यक्ष मंगल चौधरी आउनु भए संगै माघकाे १६ गते पुराना प्रअ चेतलाल चौधरीले राजिनामा पेश गर्नु भएको थियाे । समितिका अध्यक्ष मंगल प्रसाद चौधरीकाे अध्यक्ष्यतामा बसेकाे बैठकले माघकाे १८ गतेदेखि लागू हुने गरि केसीलाई प्रअकाे जिम्मेवारी दिइएको हाे । यस अघिका प्रअ चेतलाल चौधरीले स्वास्थ्य खराबीकाे कारण देखाउदै प्रअबाट राजिनामा दिनु भएको थियाे ।
यस्तै गढवा ७ घाेराहा घर भएका केसीले समितिले दिएकाे जिम्मेवारीलाई सहजै निर्बाह गर्ने भन्दै आफु प्युठानमा रहदा पनि प्रअमा लामाे समय काम गरिसकेकोले आफुमा पुरा अनुभव रहेको बताउनु भयो । त्यस्तै उहाँले विद्यालयकाे उन्नति र बिकासका लागि आफू सधैब प्रतीबद्ध भएर लागि पर्ने बताउनु भएको छ । त्यसैगरी उहाँले आफुलाई सबैको साथ र सहयोग रहेमा छाेटाे समयमा उदाहरणीय कार्य गर्ने दाबी पनि गर्नु भएको छ ।
सिधा पत्र अनलाइन कर्मीसंग कुरा गर्दै उहाँले एक्लाे प्रयासबाट कुनै पनि कार्य सफल नहुने भएको हुँदा त्यसका लागि सबैकाे साथ र सहयाेग चाहिने भन्दै सम्बन्धित निकाय सबैलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो । वि.स २०१७ सालमा स्थापना भएको सो विद्यालयमा हाल सम्म उहाँ ८ औं प्रअको रुपमा जिम्मेवारी पाउनु भएको हो ।
