Sidha Patra बुधबार, फाल्गुण ०५, २०७७

दाङ । स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता तुलसीपुरमा हुने भएको छ । दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा यही चैत १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन भएको हो ।

त्यस्तै खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष बसन्त गिरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ । खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद,मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रथम हुने टिमलाई ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यस्तै महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई माँच हजार प्रदान गरिने छ । साथै पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार प्रदान गरिने छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने भएको दिएको छ । साथै खेलाडीहरुका लागि यातायात र खाना बस्नको व्यवस्था रहेको बताएको छ । कार्यक्रमको सहजिकरण संघका सल्लाहाकार अरुण लहरेले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]