आजदेखि नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन सुरु

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गर्नु भएको छ । त्यस्तै खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । […]

बस दुर्घटना हुँदा भारतको मध्य प्रदेशमा ३७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रशासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् । बस नहरमा खसेको थियो । स्थानीयका अनुसार दुर्घटनाबाट सातजनाको उद्धार गरिएको छ । बसमा कतिजना यात्रा गरिरहेका थिए भन्ने अझै यकिन भएको […]

लमही जेसीजले सरस्वती पुजाको अबसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

दाङ । सरस्वती पुजाको अबसरमा लमही जेसीजले विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित अर्जुन आधारभुत बिद्यालयका ११ जना बिद्यार्थीहरुलाई कापी, कलम तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । जसमध्ये नतिजामा बिद्यालय प्रथम, दोस्रो र त्यस्रो हुने बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । त्यस्तै प्रत्यक कक्षामा […]

महिला खेलकुद तथा साइकल वितरण कार्यक्रम सम्पन्न

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले आयोजना गरेको महिला खेलकुद तथा साइकल वितरण कार्यक्रमको सोमबार सम्पन्न गरिएको छ । सीपी नेपालका कार्यसमिति सदस्य जुनु चौधरीको सभाध्यक्ष र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले यस्ता कार्यक्रमहरुले महिलाहरुको हौसला र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका […]

आज देशैभरी श्रीपञ्चमी पुजापत गरेर मनाइँदै

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मङगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव न्यून हुँदै जाँदा सजग भएर सरस्वती पूजा गरिने जनाइएको छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा […]

लुम्बिनी प्रदेशको स्थापना दिवस:देउखुरीमा मनाइयो,राजधानी व्य.कार्यालय उद्घाटन

दाङ । लुम्बिनी प्रदेश स्थापना दिवस मुल समारोह सोमबार स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाइएको छ । सोमबार राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गरिएको हो । त्यस्तै यस अघी देउखुरीको विजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो । मुख्यमन्त्री पोख्रेलले राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गर्नु भएको छ । त्यस्तै पहिलो चरणमा राजधानी […]

अतिरिक्त सेव सहित रोल्पाको घर्तीगाउँ स्वास्थ्य चौकीको उद्घाटन

रोल्पा । रोल्पाको माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँमा रहेको घर्तीगाउँ स्वास्थ्य चौकीमा थप अतिरिक्त सेवाको उद्घाटन भएको छ । सबै वडालाई समेट्ने गरी गाउँपालिकाको केन्द्र रहेको घर्तीगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे,एम्वुलेन्स,फामेर्सी तथा विशेषज्ञ डाक्टर सहितको सेवाको आइतबार पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको हो । त्यस्तै फार्मेसीको उद्घाटन गर्दै महराले स्वास्थ्य चौकीको लागि आफुले पनि […]

राष्ट्रिय जनमोर्चा पार्टीमा दाङका २२ जना युवाहरु प्रबेश

दाङ । अखिल नेपाल युवक संघ घोराही नगर समितिको आयोजनामा युवा साथीहरुलाई राष्ट्रिय जनमोर्चामा प्रबेश कार्यक्रम सम्पन्न भएको छ । सो पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गणतन्त्रवादी धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाका लागि युवाहरुलाई संघर्षमा आउन आह्वान गर्नुभएको थियो ।सोही पार्टी प्रवेश […]

जनमतको अवमूल्यन गर्‍यो:नेकपाले,नेका महामन्त्री कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जनमतको अवमूल्यन गरेको टिप्पणी गर्नु भएको छ । संसद विघटन विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनको सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संसद विघटन जनमत विपरित भएको टिप्पणी गर्नु भएको हो ।त्यस्तै आर्थिक,सामाजिक, भौतिक विकाससँगै सुशासन कायममा ध्यान दिने भन्दा […]

कोरोनाविरुद्धको खोप आज कर्मचारी र जनप्रतिनिधिलाई लगाइयो

काठमाडौं । कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी कार्यालय, हुलाक कार्यालय,कर कार्यालय,यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]