
Usbl-7
Gsbg-3
Pbu
Csbg-7
Jsbr-3
Msbg-2
Gsbr-6
Jsbg-7
Rksr-7
ksbl-7
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई कतार हुँदै १ सय,२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । त्यस्तै अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै मात्र […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने मोटरसाइकल सवारी साधनमाथि धमाधम कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले बताए । बाँके ट्राफिक प्रमुख भण्डारीले कम्पनीको फ्याक्ट्रीबाट […]
दाङ । राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको छ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्वारा भालुवाङ देखी सिंगे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नु भएको हो । त्यस्तै महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिंगे क्षेत्रको सडक वर्षा संगै खाल्टा खुल्टी […]
बाँके। नेपालगन्ज १५ पिप्रहवाबाट अवैधरुपमा चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका सामानहरु लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुुर शाही नेतृत्वको टोलीले १ लाख ४२ हजार मूल्य बराबरको सामानहरु पक्राउ गरेको गरेको छ । समानहरु छुर्पी ७० किलो, लेडिज […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैया स्थित गौशालामा पसेको चितुवालाई उद्दार गरिएको छ । शनिवार बिहान तीन बजेतिर गाईको बाच्छालाई आक्रमण गर्दै गरेको समयमा मन्दिरका पुजारीले होहल्ला गरेपछी भाग्ने क्रममा खाना पकाउने भान्सा कोठामा चितुवा छिरेको थियो । त्यस्तै चारैतिर काँडेतार र पक्की पर्खाल लगाएको कारण झुक्किएर भाग्दा पुजारीले खाना बनाउने […]
दाङ । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो भएसँगै आम नागरिकमा स्वास्थ्य मापदण्डको पालना निकै फितलो देखिन थालेको छ । बजारमा नागरिकको चहलपहल बढ्न थाले पछी भने अधिकांश नागरिकमा मास्कको प्रयोग घट्दै थालेको देखिन्छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रोटरी क्लव अफ दाङसँगै संयुक्त रुपमा गरेको तपाइको मास्क खोइ अभियान आईतावार एक कार्यक्रम गरेर सकिएको छ। […]
दाङ । पूर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने दाङको लमही- भालुवाङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आएपनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अपराधका नयाँ घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय दाङमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङ कार्य कक्षमा संचारकर्मी संगको कुराकानीमा एसपी काफ्लेले नयाँ अपराध मात्र नभई यस अघि रहेका “पेन्दिङ्ग केसहरु पनि उत्तिकै प्राथमिकता दिने बताए । […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा शनिबारदेखि निशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको हो । लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए […]