
jmb
gms
Sys
Gsbus
Ssbus
Ppu
jms
smb
Bpb
Rg-9
Asm

Rys
Ln1
Asm
Hl1
cks
Usb
bmj
Ln7
Ln2
Dps
Gg5
Ssb
Ln3
Ln8
Gg1
bml
Sbs
Tsb
kbs
Ln9

Gg3
ptl
Sml
Gg4
Rss
Bpb
Rgu
Nps
Sab
Gg6
Gg2
Sbs
Jpb
Snk
Ksb
Gjl
Jab
दाङ । पूर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने दाङको लमही- भालुवाङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ ।
सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आएपनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दुरदसाले सवारी चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको छ ।
त्यस्तै ठुला-ठुला खाडल भएर पानी पोखरी बन्दा सम्म प्रदेश सरकार र स्थानीय सरकार सहित सडक डिभिजन कार्यालयले त्यस तर्फ ध्यान नदिंदा अहिले दिनहु जसो दुर्घटना हुने गरेको स्थानीय तथा सवारी चालकहरुको भनाई रहेको छ ।
उक्त सडकमा हजारौ साना ठुला गाडीहरु ओहोरदोहोर गर्ने गर्दछन् । तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन् ।
यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझ्दा कार्यालय प्रमुख निरज शाक्यले वर्षाका कारण काम गर्न नसकिएको बताए । वर्षा रोकिन साथ सडक कालोपत्रे गर्ने उनले आश्वासन दिएका छन् । सडकमा पानी पोखरी बनेको महिनौ दिन भई सक्यो अव पनि सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे नगर्ने हो भने कुनै न कुनै दिन ठुलो दुर्घटना भई त्यसले ठुलो क्षती निम्त्याउने निश्चित छ ।
