
Dbs
Lnp
ksb
Asb
lnp
Usb
Sgp
Rgp
Rgp
Rgp
Ggp
Lks
Ggp
Jns
Rgp
Pbu
Dus


दाङ । राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको छ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्वारा भालुवाङ देखी सिंगे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नु भएको हो ।
त्यस्तै महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिंगे क्षेत्रको सडक वर्षा संगै खाल्टा खुल्टी पर्दा दुर्घटनाको जोखीम बढ्दै गएकोले मर्मतका लागि अनुगमन गरिएको हो । यस्तै अनुगमन पश्चात राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ तथा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख निरज शाक्य विच विग्रीएको सडक तत्काल मर्मत सुरु गर्ने योजना निर्माण गरिएको छ ।
यसैगरी सडकको अवस्था अनुगमनको क्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी लगायतको सहभागिता रहेको थियो ।
