
Lks
Asb
Rgp
Rgp
Ggp
Dus
ksb
Jns
Lnp
lnp
Rgp
Usb
Ggp
Dbs
Sgp
Rgp


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैया स्थित गौशालामा पसेको चितुवालाई उद्दार गरिएको छ । शनिवार बिहान तीन बजेतिर गाईको बाच्छालाई आक्रमण गर्दै गरेको समयमा मन्दिरका पुजारीले होहल्ला गरेपछी भाग्ने क्रममा खाना पकाउने भान्सा कोठामा चितुवा छिरेको थियो ।
त्यस्तै चारैतिर काँडेतार र पक्की पर्खाल लगाएको कारण झुक्किएर भाग्दा पुजारीले खाना बनाउने भान्सा कोठामा छिरेको थियो । उक्त चितुवालाई पुजारीले भगाउन धेरै प्रयास गरे तर उसले अटेरी गरेर सोही भान्सा कोठामा बसि रह्यो । चितुवा भाग्ने छाँटकाँट नदेखेपछी पुजारीले ढोकाको चुकुल लगाएर वनका अध्यक्षलाई खबर गरेका थिए ।
उक्त खबर पाए लगत्तै डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । भान्सा कोठा भित्र थुनेर राखेको पोथी चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, संरक्षण कार्यक्रमका पशु चिकित्सक सहित प्राबिधिक टोलीले उद्दार गरि बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्टको क्षेत्रमा छोडिएको छ। पछिल्लो समय लमही आसपासका सामुदायिक वन क्षेत्रमा चितुवाले आतंक मच्चाएका छन् ।
