
Rbs
mbd
Mbdvs
Pbu
Gisld
Sds

Sls
Tsm
Rsb
Wsp
Bbu
Ggd
Ssm
Gst
nsb
Vor
Rgs
Rgu
Hal
Pvg
Rgu
Sbs
Bbbpu
Asm
Ksm

sab
Syp
Mks
Jmb
Bml
Jmb
Ptm
Rmb
Gsb
bbt
Pls
Abd
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका क्षेत्रमा रहेका पालिका स्तरीय संस्थागत विद्यालयका प्रिन्सिपलहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठक संस्थागत बिद्यालय गढवाका अध्यक्ष विकाश रजौरेको अध्यक्षतामा २०८२ साल चैत्र ९ गते सम्पन्न भएको हो । पालिका क्षेत्रमा रहेका संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको बैठकले आगामी शैक्षिकसत्र २०८३ को शुल्क निर्धारण लगायत अन्य प्रस्तावमाथि निर्णय गरिएको जनाइएको छ ।
निर्धारित कक्षागत शुल्क अनुसार:
प्ले ग्रुप : भर्ना रु. १८००, मासिक शुल्क रु. १४००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
नर्सरी : भर्ना शुल्क रु. १९००, मासिक शुल्क रु. १५००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
एल.के.जी. : भर्ना रु. २०००, मासिक शुल्क रु. १६००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
यू.के.जी. : भर्ना रु. २१००, मासिक शुल्क रु. १७००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
कक्षा १ : भर्ना रु. २४००, मासिक शुल्क रु. १८००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा २ : भर्ना रु. २५००, मासिक शुल्क रु. १९००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा ३ : भर्ना रु. २६००, मासिक शुल्क रु. २०००, परीक्षा शुल्क रु. ६००, ECA रु. १५००, कम्प्युटर रु. ३००
कक्षा ४ : भर्ना रु. २८००, मासिक शुल्क रु. २१००, परीक्षा शुल्क रु. ६००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा ५ : भर्ना रु. २९००, मासिक शुल्क रु. २२००, परीक्षा शुल्क रु. ६००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा ६ : भर्ना रु. ३०००, मासिक शुल्क रु. २४००, परीक्षा शुल्क रु. ६००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा ७ : भर्ना रु. ३१००, मासिक शुल्क रु. २५००, परीक्षा शुल्क रु. ६००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा ८ : भर्ना रु. ३२००, मासिक शुल्क रु. २६००, परीक्षा शुल्क रु. ६००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा ९ : भर्ना रु. ३३००, मासिक शुल्क रु. २८००, परीक्षा शुल्क रु. ७००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा १० : भर्ना रु. ३४००, मासिक शुल्क रु. ३०००, परीक्षा शुल्क रु. ८००, ECA रु. २०००, कम्प्युटर रु. ४००
अन्य निर्णयहरुमा:
बैठकले विद्यालय बस सेवा प्रयोग गरे वाफत १ किलोमीटर दुरीसम्म प्रती विद्यार्थी न्युनतम मासिक शुल्क ४५०/- त्यस पश्चात् प्रती किलोमिटर रु. ५०/- को दरले थप गर्दै जाने निर्णय गरिएको छ भने शैक्षिकसत्र २०८३ को लागि २०८३ बैशाख ५ गतेभित्र भर्ना हुनेको लागि भर्ना शुल्कमा १०/% छुट दिने निर्णय पारित गरेको छ ।
यसैबीच शैक्षिकसत्र २०८३ को पठपाठन २०८३ बैशाख ५ गते देखि संचालन गरिने निर्णय पारित गरिएको छ । पारित निर्णय सबैले पुर्णरुपमा पालना गर्न गराउनको लागि लोकराज भुसालको संयोजकत्वमा,दिपक यादव तथा थानेश्वर न्यौपाने सदस्य रहेको रहेको एक समिति समेत गठन गरेको पाइएको छ ।
निर्णयहरु

