
Djs
sbs
Rgp
Rgp1
pku
Pes
Lnp
Srbpu
Ggp
cjs
Unsku
Gfs
Pbu
Sgr

Ssm
Vor
Sls
Rgs
Tsm
Ggd
Rgu
Rsb
Wsp
nsb
Ksm
Bbu
Gst
Sbs
Bbbpu
Asm
Pvg
Hal
Rgu

Pls
Mks
bbt
Abd
Jmb
Rmb
sab
Rpp
Bml
Gsb
Syp
Ptm
Jmb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा शनिबारदेखि निशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको हो ।
लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भयो । त्यस्तै निःशुल्क आँखा उपचार सेवा हरेक महिनाको अन्तिम शनिवार राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गरिने भएको छ ।
यस्तै राप्ती गाउँपालिकाको सहकार्यमा सुरु भएको आँखा उपचार सेवा लिन आएका सेवा ग्राहीहरु लमो समय पछि आफ्नै घर आँगनमा निशुल्क आँखा उपचार सेवा लिन पाउँदा स्थानीयबासी निकै खुसी भएका छन् । शनिबार पहिलो दिन मै १ सय १७ जना बिरामीले सेवा लिएका छन् । जसमा १ जनामा जलबिन्दु फेला परेको छ भने अधिकांश बिरामीलाई चश्मा लगाउनु पर्ने देखिएको र ७ जनामा मोतीविन्दु परेको तथा आँखा चिलाउने बिजाउने समस्या रहेको लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिनु भयो ।
त्यसैगरी शिविरमा निशुल्क आँखा जाँच बाहेक औषधी र चश्मामा भने शुल्क लाग्ने बताइएको छ । शिविरमा लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र सहायक बिमल घिमिरे, आपुर्ती व्यवस्थापक मिना थापाले सेवा दिएका छन् । यसैबीच महिनाको अन्तिम शनिवारको दिन पारेर राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले निःशुल्क आँखा उपचार सेवाकाे उद्घाटन गर्नु भएको थियो ।देउखुरी टुडेबाट
