Sidha Patra शनिबार, साउन ३०, २०७८

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा शनिबारदेखि निशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको हो ।

लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भयो । त्यस्तै निःशुल्क आँखा उपचार सेवा हरेक महिनाको अन्तिम शनिवार राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गरिने भएको छ ।

यस्तै राप्ती गाउँपालिकाको सहकार्यमा सुरु भएको आँखा उपचार सेवा लिन आएका सेवा ग्राहीहरु लमो समय पछि आफ्नै घर आँगनमा निशुल्क आँखा उपचार सेवा लिन पाउँदा स्थानीयबासी निकै खुसी भएका छन् । शनिबार पहिलो दिन मै १ सय १७ जना बिरामीले सेवा लिएका छन् । जसमा १ जनामा जलबिन्दु फेला परेको छ भने अधिकांश बिरामीलाई चश्मा लगाउनु पर्ने देखिएको र ७ जनामा मोतीविन्दु परेको तथा आँखा चिलाउने बिजाउने समस्या रहेको लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिनु भयो ।

त्यसैगरी शिविरमा निशुल्क आँखा जाँच बाहेक औषधी र चश्मामा भने शुल्क लाग्ने बताइएको छ । शिविरमा लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र सहायक बिमल घिमिरे, आपुर्ती व्यवस्थापक मिना थापाले सेवा दिएका छन् । यसैबीच महिनाको अन्तिम शनिवारको दिन पारेर राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले निःशुल्क आँखा उपचार सेवाकाे उद्घाटन गर्नु भएको थियो ।देउखुरी टुडेबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]