
Ksb
Gsb
Ksb
Ssb
jsb
Usb
Ssb
Tgp
Rsb
Rks
Csb
Ppu
Ksb
Nsb
Bsn

Usb
Gsb
Ssb
Tsb
Hl1

ptl
Nps
Rgu
बाँके। नेपालगन्ज १५ पिप्रहवाबाट अवैधरुपमा चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका सामानहरु लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुुर शाही नेतृत्वको टोलीले १ लाख ४२ हजार मूल्य बराबरको सामानहरु पक्राउ गरेको गरेको छ । समानहरु छुर्पी ७० किलो, लेडिज कुर्ती २८ पिस,अलादिन ४ पीस, बच्चाको राम्रो खाले सुट ६ पीस,साडी १ पीस, बच्चाको टिसर्ट ४ पीस पक्राउ गरेको छ । यस्तै नवरत्न तेल २ प्याकेट,मिठाइ ३ डिब्बा,लेडिज चप्पल २० जोर,निर १ डिब्बा,महेश कटोरी २ माला लगायतका सामान पक्राउ गरेको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत प्रहरी नायव निरीक्षक शाहीले बताउनु भयो ।
उक्त सामान जमुनाह विओपी पोष्टमा राखिएको छ । आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारि भैरहेको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत प्रहरी नायव निरीक्षक शाहीले जानकारी दिनुभएको छ ।
