
Jsbr-3
Usbl-7
Gsbg-3
Csbg-7
Rksr-7
Msbg-2
ksbl-7
Pbu
Gsbr-6
Jsbg-7
काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । […]
दाङ । दाङमा एक व्यक्तिको इनारमा खसेर मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर आठ सौडिमा हिजो पानी तान्ने क्रममा ५४ वर्षिय बल बहादुर विकको मृत्यु भएको हो । घर नजिकमा रहेको सार्वजनिक इनारमा खसेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । शवलाई इनारबाट नेपाली सेनाको […]
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनाल विरुद्ध जनप्रतिनिधिले केहिदिन अगाडि आक्रोश पोख्दै बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुर्ववहार गरेको भन्दै डिएसपी खनाल विरुद्ध बिरोधमा उत्रिएका जनप्रतिनिधिले सरुवाको समेत माग गरेका थिए । कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले आफूमाथि राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धन कुमारी खत्रीले लगाएको आरोप सबै झुठो रहेको […]
दाङ । दाङको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बाह्रकुने दहदेखी ज्यामीरे ताल सम्म जाने मार्गको नेपाली सेनाले सरसफाई गरेको छ । घोराही उपमहानगरपालिका १३ मा पर्ने बाह्रकुुने दह देखी ज्यामीरे ताल सम्म जाने पदमार्गको घोराहीमा रहेको जयसिंह दल गणका नेपाली सेनाहरुले सफाई गरेका हुन् । उक्त मार्गको दायाँबायाँका बुुट्यानहरु हटाउदै आवतजावतलाई सहज बनाईएको हो । […]
दाङ । देशका विभिन्न स्थानमा कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा आम कार्यकर्ता प्रवेश गर्ने लहर चल्दै गर्दा पछिल्लो समय लुम्बिनी प्रदेशको दाङ जिल्ला देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ मा पनि त्यतिकै काङ्ग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । शुक्रबार नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी […]
दाङ । गीतकार प्रकाशचन्द्र घिमिरेको विविधता गीति संग्रहको समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको १८२ औँ श्रृङखलामा नियमित कृति समिक्षा कार्यक्रम अन्तर्गत उक्त गीति संग्रहको शुक्रबार एक कार्यक्रम गरी समिक्षा गरिएको हो । सो अवसरमा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यले गीतकार घिमिरेको गीति संग्रह विविधतामा समावेश ६ वटा गितहरु […]
दाङ । हामी किसानहरुलाई खेति गर्ने समयमा न मलखाद पाइन्छ न त धान डुबेको राहात नै पाईयो । खेति गर्ने समयमा मलखाद नपाएपछि कसरी खेति गर्नु–गढवा ५ लोखरपुर निवासी शान्ती चौधरीले स्थानीय सरकारसंग भन्नु भयो । गाउँपालिकाले बिउपल त दिन्छ तर माग गरेको अनुसार दिन्न । समूह,सहकारी र संस्था मार्फत किसान समक्ष सिमीत मात्रामा पुग्छ […]
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले काङ्ग्रेस,कम्युनिस्ट जस्तो भोटको व्यापारी गर्ने नभएको बताउनु भएको छ । आफ्नो गृह जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस पार्टी कम्युनिस्ट जस्तो भोटको व्यापारी नभएको बताउनु भएको हो । त्यस्तै उहाँले भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो भूमिको […]
काठमाडौं । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालद्वारा जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापन-पत्र हस्तान्तरण गरेको छ । बुधबार केन्द्रीय अध्यक्ष रेणु सेन,केन्द्रीय सल्लाकार तथा तिलौराकोट साझेदारी वनका अधयक्ष जयप्रकाश पाण्डे,माया देवी साझेदारी वनका अध्यक्ष अब्दुल अजीज खान,बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा मगर लगायत […]
काठमाडौं । कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ । त्यस्तै सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एक टोली पहिलेदेखि नै खटिएको छ । अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ । प्रधानन्यायाधीश चोलेन्द्र […]