शिबराज पन्थी/गढवा शनिबार, कार्तिक २७, २०७८

दाङ । हामी किसानहरुलाई खेति गर्ने समयमा न मलखाद पाइन्छ न त धान डुबेको राहात नै पाईयो । खेति गर्ने समयमा मलखाद नपाएपछि कसरी खेति गर्नु–गढवा ५ लोखरपुर निवासी शान्ती चौधरीले स्थानीय सरकारसंग भन्नु भयो । गाउँपालिकाले बिउपल त दिन्छ तर माग गरेको अनुसार दिन्न । समूह,सहकारी र संस्था मार्फत किसान समक्ष सिमीत मात्रामा पुग्छ । वडा कार्यालयहरुले किसानका लागि न योजना बनाउँछ,न त बजेट नै बिनियोजन गर्छ ।

खाली भौतिक निर्माणलाई मात्रै प्राथमिकता दिइन्छ–गढवा ७ का किसान रामबहादुर चौधरीले गुनासो गर्नुभयो । यो बर्ष थुपै्र किसानहरुको धान डुबेर क्षति भयो तर हालसम्म किसानले राहात पाउन किन सकेनन्–गढवा ५ लोखरपुर कि सृजना चौधरीले स्थानीय सरकारसंग गुनासो गर्नुभयो । गढवाको कक्रहवामा टेलीकमको टावर नहुँदा गाउँपालिकाका सुचना हेर्न पाईएन । हामीलाई टावर र दुना टपरि बनाउने मसिन चाहियो–गढवा ५ कक्रहवा निवासी जुली बिकले स्थानीय सरकारसंग गुनासो गर्नुभयो ।

सोसाइटी वेलफर एक्सन(स्वान) नेपाल ले देउखुरीको गढवा गाउँपालिका र स्थानीय नागरिकहरु बिच शुक्रवार आयोजना गरेको संबाद कार्यक्रममा उपस्थित किसानहरुले स्थानीय सरकारसंग गुनासा राखेका हुन । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बर्षाले डुबेर क्षति भएको धानको बिवरण गाउँपालिकाले संकलन गरेर प्रदेश सरकारलाई पठाई सकेको र केही समयपछि राहात आउने बिश्वाँस दिलाउनु भयो । मलखादका लागि पनि स्थानीय सरकारले सहकारीहरुलाई जिम्मेवारी दिई सकेको र किसानहरुलाई अनुदानमा बिऊ–पल गाउँपालिकाले उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । किसान हाम्रा जनता हुन,जनताका गुनासा सुन्नु र संबोधन गर्नु हामी जनप्रतिनिधीहरुको दायित्व हो ।

जनमुखि कार्यक्रम संचालन गर्नु र जनतालाई सुचना दिनु पनि जनप्रतिनिधीहरुको कर्तब्य हो–उपाध्यक्ष चौधरीले भन्नुभयो । स्थानीय सरकार र बिषयगत शाखाहरुबाट नागरिकहरुलाई प्रबाह गरिएका सेवा सुविधाको अवस्था र आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारबारे नागरिकहरुलाई सचेतना दिन कार्यक्रमको आयोजना गरिएको स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीले बताउनुभयो । बिपन्न र सिमान्तकृत नागरिकहरुको पहुँच अभिबृद्धि गर्न योजना कसरी छानीन्छ र कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने बिषयलाई केन्द्रित गरि स्थानीय सरकार र नागरिक बिच संबादको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, शिक्षा शाखाका प्रमाुख श्याम बिक,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,कृषि शाखाका प्रमुख कर्ताराम यादव,पंजिकरण शाखाका प्रमुख ऋषि यादव,योजना शाखाका कुलराज कुमाल, महिला वालवालीका शाखाका सुरेश पौडेल र नापीशाखाका प्रमुख नारायण सुवेदीले नागरिकहरुबाट आएका गुनासाहरुको जवाफ दिनु भएको थियो । स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीले कार्यक्रमको बारेमा जानकारी दिनु भएको संवाद कार्यक्रमको सहजिकरण पत्रकार दिवाकर पोखे्रलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]