Sidha Patra बिहिबार, कार्तिक २५, २०७८

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले काङ्ग्रेस,कम्युनिस्ट जस्तो भोटको व्यापारी गर्ने नभएको बताउनु भएको छ ।

आफ्नो गृह जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस पार्टी कम्युनिस्ट जस्तो भोटको व्यापारी नभएको बताउनु भएको हो ।

त्यस्तै उहाँले भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो भूमिको अधिकार हरेक नागरिकले पाउनु पर्छ,नेता साउँदले भन्नु भयो । हामी भोटका व्यापारी गर्ने होइनौं। इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौं ।कांग्रेसले आरक्षपीडित तथा भूमिहीनका समस्या समाधान गर्नेमा जोड दिँदै उहाँले कञ्चनपुरमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेको पनि बताउनु भयो ।

त्यसैगरी आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसके। आरक्षपीडित हेरेको हेर्‍यै भए । विवेकले जुनी एकै हुन्छ । अर्को जुनीका लागि सपना सजाएर मात्र यो समस्या समाधान हुन सक्दैन,साउँदले भन्नू भयो । शासन गर्नका लागि मात्र राज्य बनेको छ भने त्यो राज्य अर्थहीन छ। राज्य समाजको गोठालो हो ।’ विगत २२ वर्षदेखि आरक्षपीडितका समस्या समाधान हुन नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नु भयो । ‘२२ वर्ष भइसकेको छ। मलाई पनि पीडा छ,नेता साउँदले भन्नू भयो ।

त्यस्तै सरकारले आरक्षपीडितको समस्या समाधान सहज बनाउन मुआब्जा दिने निर्णय गरेपछि धेरै समस्या समाधान भएको जिकिर गर्नु भयो । ‘समस्या समाधान होस्। कसैको घर बनोस्, जग्गा बनोस्। न बिजुली छ, न खानेपानी छ,’ नेता साउँदले भन्नु भयो । दशकौंदेखि एउटै पीडा भोगिरहेका छन्। अव त्यो समस्या समाधान हुन्छ। दुई चार जनालाई जागिर दिने उद्देश्यमा कांग्रेस छैन नेता साउँदले भन्नू भयो । यस्तै उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा लगायत अन्य नेता तथा कार्यकर्ता र आम जनसमुदायको उपस्थितिमा कार्यक्रम भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]