
Mbdvs
Gisld
Sds
mbd
Pbu
Rbs

Bbbpu
nsb
Pvg
Rgu
Ksm
Gst
Rgu
Rsb
Bbu
Sls
Wsp
Sbs
Asm
Hal
Rgs
Ssm
Vor
Tsm
Ggd

bbt
Jmb
Syp
Gsb
Rmb
Ptm
sab
Rpp
Mks
Bml
Jmb
Pls
Abd
दाङ । देशका विभिन्न स्थानमा कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा आम कार्यकर्ता प्रवेश गर्ने लहर चल्दै गर्दा पछिल्लो समय लुम्बिनी प्रदेशको दाङ जिल्ला देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ मा पनि त्यतिकै काङ्ग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ ।
शुक्रबार नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा त्रिपाल बुढाथोकीको नेतृत्वमा सुनपत्री र एरेना गाउँका गरि २५ जनाले नेकपा माओवादी र एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेसमा प्रवेश गर्दै नव प्रवेशी त्रिपाल बुढाथोकीले भने कम्युनिस्ट पार्टीले चुनाव ताकामा मात्र कार्यकर्ता चिन्ने गरेको र अन्य समयमा पिठ्यु लुकाएर बस्ने गरेको हुँदा त्यस्ता पार्टीमा बसिरहन आवश्यक नरहेको आफुहरुले ठानेर परित्याग गरेको बताए ।
नेपाली काङ्ग्रेस राजपुर ७ का वडा सभापति खिम सिंह रानाको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेतले कम्युनिस्टहरुको झुठो खेती गरेर आश्वासन बाड्ने जुन प्रविधि छ,त्यसलाई क्रमशः अब देशका जनताले बुझिसकेको बताउनु भएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भन्नू भयो,नेपाली काङ्ग्रेस पार्टीले विगतमा झुठो खेती गर्न जानेन र आज पनि गरेको छैन,भोलि पनि गर्दैन,किन भने नेपाली काङ्ग्रेस पार्टी भनेको यो मुलुकको आम जनताको चिन्ता गर्ने एक बिशाल पार्टी हो ।
त्यसैले साथीहरु म तपाईहरुलाई भन्न चाहान्छु यो मुलुकमा लामो इतिहास बोकेको एक दीगो पार्टी भएको हुँदा दुई दिनको झुठो खेती गरेर काङ्ग्रेसले राजनीति गर्न जान्दैन नेता बस्नेतले कार्यक्रम भन्नू भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता बस्नेतले नव प्रवेशीलाई भन्नू भयो नव प्रवेशी साथीहरु म यस बिशाल हृदय भएको नेपाली काङ्ग्रेस पार्टीमा स्वागत गर्न चाहान्छु । हाम्रो पार्टीलाई बुझेर,चिनेर आउनु भएको छ तसर्थ म यो दिन छु त्यो दिन्छु भनेर पहिले नै झुठो आश्वासन दिदैन साथीहरु तर धैर्य गर्नुस् तपाईहरुको निम्ति हरेक कोणबाट कार्यकर्तालाई सम्बोधन गर्ने म लगायत सिङ्गो पार्टी तड्पड रहने छ नेता बस्नेतले कार्यकर्तालाई आस्वस्त पार्नु भएको छ ।
कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका पार्टी सभापति नरेन्द्र सिंह भण्डारी,गाउँपालिका अध्यक्ष लोकराज केसि,वडा नम्बर ७ का वडा अध्यक्ष भिम बहादुर खड्का,क्षेत्रीय प्रतिनिधि कृष्ण बस्नेत लगायतले नब प्रवेशीलाई अबिर टीका र दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन क्षेत्रीय प्रतिनिधि लालबिर खड्काले गर्नु भएको थियो ।

