
Ksb
Fmb
Ksb
Tgp
Nsb
jsb
Gsb
Rks
Csb
Ksb
Ssb
Rsb
Bsn
Ssb
Usb
Ppu

Hl1
Ssb
Usb
Tsb
Gsb

Nps
Rgu
ptl
काठमाडौं । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालद्वारा जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापन-पत्र हस्तान्तरण गरेको छ ।
बुधबार केन्द्रीय अध्यक्ष रेणु सेन,केन्द्रीय सल्लाकार तथा तिलौराकोट साझेदारी वनका अधयक्ष जयप्रकाश पाण्डे,माया देवी साझेदारी वनका अध्यक्ष अब्दुल अजीज खान,बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा मगर लगायत अन्य केन्द्रीय र प्रदेशका सदस्यहरुको उपस्थितिमा अध्यक्ष यादवको कार्य कक्षमा पुगेर २०७१ को कार्यविधि बैज्ञानिक वन खारेजीको पुनः कार्यान्वयनको माग राखिएको ज्ञापन-पत्र हस्तान्तरण गरिएको हो ।
उक्त ज्ञापन-पत्र बुझ्दै अध्यक्ष यादवले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय यतिबेला आफ्नो पार्टीले नेतृत्व गरिरहेको हुँदा बैज्ञानिक वन व्यवस्थापनलाई सक्दो पहल गर्ने बताउनु भएको केन्द्रीय अध्यक्ष सेनले जानकारी दिनु भयो ।
त्यस्तै सो ज्ञापन-पत्र बुझाएर उपभोक्ताहरुको हक हितको लागि राष्ट्रिय स्तरमा उठेको बैज्ञानीक वन ब्यवस्थापनकाे समस्यालाई समाधान गर्नकाे लागि हाम्रो टिम पछि,कहिले पर्ने छैन् । उपभोक्ताको हक र अधिकारका लागि सधैं अगाडि बढ्ने छ यो कदम साथ हजुरहरुको हुने छ भनेर केन्द्रीय अध्यक्ष सेनले आफ्नो फेसबुकमा ज्ञापन-पत्र हस्तान्तरण गर्न लागेको तस्बिर सहित स्टार्टस लेख्नु भएको छ । हेर्नुहोस ज्ञापन-पत्र 
