Sidha Patra शनिबार, कार्तिक २७, २०७८

दाङ । दाङको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बाह्रकुने दहदेखी ज्यामीरे ताल सम्म जाने मार्गको नेपाली सेनाले सरसफाई गरेको छ ।

घोराही उपमहानगरपालिका १३ मा पर्ने बाह्रकुुने दह देखी ज्यामीरे ताल सम्म जाने पदमार्गको घोराहीमा रहेको जयसिंह दल गणका नेपाली सेनाहरुले सफाई गरेका हुन् । उक्त मार्गको दायाँबायाँका बुुट्यानहरु हटाउदै आवतजावतलाई सहज बनाईएको हो । करिब २ सय जना नेपाली सेनाले बाटो सम्म फैलिएका बुुट्यानहरु हटाउदै घुुम्न जाने आन्तरीक पर्यटकहरुले फालेका प्लाष्टिकका फोहोरहरु संकलन गरेका हुन् ।यस्तै सरसफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, गणका प्रमुख सेनानी रविन्द्र महर्जन, घोराही उपमहानगरको सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्षण अधिकारी, कार्यपालिका सदस्य पवित्रा सेर्पाइलीको समेत सहभागिता रहेको थियो ।

त्यस्तै घोराही बजार देखी नजिकै रहेका तिर्थ स्थल बाह्रकुुने र पर्यटकिय क्षेत्र ज्यामीरे ताल सम्म सहजै पुुग्न र सुन्दरता कायम गर्नका लागि सफाई कार्यक्रम गरिएको हो । प्रमुख सेनानी महर्जनले नेपाली सेना देशको सुरक्षा सँगै सामाजिक कार्यहरुमा पनि सकृय रहेको बताउनुु भयो ।

सबै मिलेरै देशको विकास हुने भन्दै उहाँले सरसफाई पनि महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । सरसफाई पछि नेपाली सेनालाई धन्याबाद दिदै नगर प्रमुख चौधरीले पर्यटकिय क्षेत्रलाई सुरन्दता सँग जोड्न आबस्यक रहेको बताउनुुभयो । पर्यटकहरुलाई सम्पदाहरुको अबलोकन गराउदै प्रचारमा ल्याउन सके मात्रै आर्थिक गतिविधी बढ्ने बताउनुु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]