
Jsbr-3
Gsbr-6
Usbl-7
Gsbg-3
Msbg-2
Rksr-7
Jsbg-7
Pbu
Csbg-7
ksbl-7
दाङ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं २ को सभापतिमा भिमप्रकाश खड्का बिजयी हुनु भएको छ । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिद्वन्द्वीलाई चित्र बहादुर डाँगीलाई १०० मत अन्तरले पराजित गर्नु भएको हो । त्यस्तै खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगी (निर्मल) ले २६६ मत प्राप्त गर्नु भएको थियो । […]
दाङ ।तुलसीपुर उपमहानगर पालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिका भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले दाङका सबै पालिकालाई उछिनेको छ । नेपाल भरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकका साथ १० औ स्थानमा परेको छ । सूचना प्रविधि क्षमता अभियानको नेतृत्व […]
प्यूठान । नेपाली काङ्ग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित हुनु भएको छ । मंगलबार भएको निर्वाचनमा प्रत्यासी शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतीमा विजयी हुनुभएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याउनुभयो भने रिजालले ४ […]
रुपन्देही । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) दुर्घटनामा परेर मृत्यु भएको छ। मंगलबार राती बुटवलको जितगढी दुर्घटनामा पर्नु भएका बन्जाडेको बुधबार बिहान मृत्युु भएको हाे । बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले […]
बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । निर्वाचनमा १४ सय २१ […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले यहि मंसिर ९ गते देखि सुरु हुने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम तय गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी लगायतका जनप्रतिनिधि र गढवा गाउँपालिकामा कृयाशिल संघसंस्थाहरुको सहभागितामा कार्यक्रम तयार गरिएको गाउँपालिका महिला तथा वालवालिका शाखाले जनाएको छ ।जस अनुसार आउँदो मंसिर ९ गते अर्थात् २५ […]
दाङ । दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डेको बिजयी हुनु भएको छ । १ सय ६५ मतले पाण्डे सभापतिमा निर्वाचित हुनु भएको हो । त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी सर्बजीत डिसीलाई भारी मतको फरकमा पराजित गर्नु भएको हो । पाण्डेले ४ सय बाईस मत प्राप्त गर्दा डिसीले २ सय ५७ मत पाउनु भएको […]
प्युठान। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र […]
दाङ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलवार सम्पन्न भएको क्षेत्रको अधिवेशन सम्पन्न भै मत गणना शुरु भएको छ । निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २ सय मत गणना हुँदा भेषराज पाण्डेको सबै प्यानल अगाडी रहेका छन् । हेर्नू होस विवरण सहित सभापति भेषराज पाण्डे-१२९ सर्बजित डिसी-७० सचिव कृष्ण कुमार चौधरी ५९ खेमलाल चौधरी […]
काठमाडौं । कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । त्यस्तै बोर्डले फाराम शुल्क ४ […]