
Bsn
Tgp
jsb
Rks
Fmb
Usb
Csb
Ksb
Gsb
Ssb
Ppu
Rsb
Ssb
Ksb
Nsb
Ksb

Usb
Tsb
Hl1
Ssb
Gsb

Rgu
ptl
Nps
बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा १४ सय २१ मत खसेकोमा २७ मत बदर भएको थियो । जिल्ला अधिवेशनमा निवर्तमान सभापति बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।अनलाइनखबर
