दाङ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं २ को सभापतिमा भिमप्रकाश खड्का बिजयी हुनु भएको छ । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिद्वन्द्वीलाई चित्र बहादुर डाँगीलाई १०० मत अन्तरले पराजित गर्नु भएको हो ।
त्यस्तै खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगी (निर्मल) ले २६६ मत प्राप्त गर्नु भएको थियो । बुधबार बिहान प्राप्त मत परिनाम अनुसार सचिव पदमा खड्का प्यानलकै आर.के शितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरि बिजयी हुनु भएको छ । आरके शितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुनुहुन्छ ।
त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । पाण्डे घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष हुन् । दाङको निर्वाचन क्षेत्र नं २ मा कुल ६५१ मतदाता मध्य ६४२ मत खसेको थियो । नयाँ नेतृत्व चुन्नको लागि मंगलबार मतदान गरिएको थियो ।