
ksbl-7
Gsbr-6
Jsbg-7
Usbl-7
Csbg-7
jsbr-3
Msbg-2
Pbu
Gsbg-3
Rksr-7
कपिलवस्तु । नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा योङ कम्युनिष्ट लीग(YCL) कृष्णानगरको सम्मेलनमा युवाहरुको उत्साह आरिफ अलि खां तिर बढ़ी रहेकाले पार्टीका नेताहरु पनि योङ कम्युनिष्ट लीग कृष्णानगरको अध्यक्षमा […]
चितवन । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो । त्यस्तै विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जमा […]
प्यूठान । ट्राफिक प्रहरी कार्यालय प्यूठानले चालकसँग ट्राफिक प्रहरी अभियान शुरु गरेको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले अभियान थालेको हो। बिहिबार प्यूठानका देविस्थान,विजुवार र बाग्दुलामा ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख मधु थापाले जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकलाई ट्राफिक संकेत, लेन […]
दाङ । राजपुर गाउँपालिका-१ गुरुङ खाेलामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले राजपुर गाउँपालिका-१ वडा पार्टी कमिटीकाे आयाेजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । नेकपा एमालेका केन्द्रीय लेखा आयाेगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरेर ७० जना एमालेमा प्रवेश गराउनु […]
दाङ । दाङमा गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौ संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौ विषयमा राजमो घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी राजमो घोराही नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मनिराम खनालले गर्नु भएको थियो । प्रशिक्षणमा प्रमुख अतिथि राजमोका केन्द्रिय नेता सुरेस थापाले […]
दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका,बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको दिउँसोको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउँदै घोराही उपमहानगरपालिका बिजयी भएको हो । घोराहीले शान्तिनगर गाउँपालिकालाई २५–२३, २३–२५ र […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उप-समिति विस्तार तथा छलफललाइ जारी राखिएको छ । प्रदर्शनीको प्रचार-प्रसार तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्यसमेत तीव्रता दिएको प्रर्दशी मुल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिनु भयो । प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन […]
दाङ । फागुन २४ गते ८ मार्चको अबसरमा घोराही उपमहानगरपालिकामा किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा अभिमुखिकरण कार्यक्रम गरिने भएको छ । ११२औँ अन्तराष्ट्रिय महिला दिवस २०२२ को अबसरमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस बर्ष दिवसको नारा “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता तए गरिएको छ । दिवशको अवसरमा आयोजना गरिएको […]
गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अबस्थामा महिलाको शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अबस्थामा नाम थर नखुलेकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताउनु भयो । त्यस्तै बिहिवार बिहान सर्बजनिक पोखरीमा अन्दाजी ६७, ६८ वर्षकी महिला डुबेको अबस्थामा […]
जनकपुरधाम । धनुषामा प्रहरीले आफ्नै महिला सहकर्मीसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । जिल्लाको महेन्द्रअंगरस्थित इलाका प्रहरी कार्यालयमा कार्यकर्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) बेचन यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको पाइएको हो । जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ । सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन […]