Sidha Patra बिहिबार, फाल्गुण १९, २०७८

दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका,बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् ।

घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको दिउँसोको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउँदै घोराही उपमहानगरपालिका बिजयी भएको हो । घोराहीले शान्तिनगर गाउँपालिकालाई २५–२३, २३–२५ र २५–१८ को सेटमा हराउँदै जित निकालेको हो ।

यसैगरी दिउँसोको दोश्रो खेलमा राजपुर गाउँपालिकालाई हराउँदै बंगलाचुली बिजयी भएको छ । बंगलाचुलीले राजपुर गाउँपालिकालाई २५–१५ र २५–१५को सोझोे सेटमा हराउन सफल भएको थियो । जारी प्रतियोगितामा तीन खेल खेलेको राजपुरले जित निकाल्न सकेको छैन ।

त्यसैगरी विहीवार विहान भएको खेलमा शान्तिनगर गाउँपालिका र दोश्रो खेलमा बंगलाचुली गाउँपलिका बिजयी भएका छन् । विहान भएको पहिलो सेटमा २५–१९ र दोश्रो सेटमा २५–१३ ले राजपुर गाउँपालिकालाई हराउँदै शान्तिनगर बिजयी भएको थियो भने दोश्रो खेलमा बबई गाउँपालिका २५–२२ र २५–२० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिका बिजयी भएको हो । बंगलाचुली गाउँपालिकाले समूह चरणका विहिवार भएका दुई खेलमा जित निकालेको थियो ।

नेपाली कांग्रेस दाङको आयोजनामा जिल्लामै पहिलो पटक भएको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको समूह चरणका अन्तीम खेलहरु शुक्रवार विहान पहिलो खेल घोराही र राजपुर गाउँपालिकाबिच र दोश्रो खेल बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाबिच हुने भएको छ । त्यसैगरी दिउँसोको पहिलो खेल बबई गाउँपालिका र घोराही उपमहानगरपालिका र दोश्रो खेल बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकाबिच हुने भएको आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ ।

त्यस्तै फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र दोश्रो हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयासहित ट्रफि प्रमाणपत्र प्रदान गरिने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]