
Ses
Gsbus
Gis
Pbu
Nssbush
Gis
Ksbus
ebg
Ssbus
Ssbus
Ksbus
Lsbus
Ssbus
Gsbus
Ksbus
Bsbus
Gsl
Gis
Gsbus
Rsbus

nsb
Wsp
Pvg
Asm
Sbs
Rgu
Bbbpu
Rgs
Rgu
Hal
Gst
Tsm
Sls
Bbu
Ssm
Ggd
Rsb
Vor
Ksm

Pls
sab
bbt
Rmb
Abd
Jmb
Gsb
Bml
Rpp
Mks
Ptm
Jmb
Syp
दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका,बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको दिउँसोको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउँदै घोराही उपमहानगरपालिका बिजयी भएको हो । घोराहीले शान्तिनगर गाउँपालिकालाई २५–२३, २३–२५ र २५–१८ को सेटमा हराउँदै जित निकालेको हो ।
यसैगरी दिउँसोको दोश्रो खेलमा राजपुर गाउँपालिकालाई हराउँदै बंगलाचुली बिजयी भएको छ । बंगलाचुलीले राजपुर गाउँपालिकालाई २५–१५ र २५–१५को सोझोे सेटमा हराउन सफल भएको थियो । जारी प्रतियोगितामा तीन खेल खेलेको राजपुरले जित निकाल्न सकेको छैन ।
त्यसैगरी विहीवार विहान भएको खेलमा शान्तिनगर गाउँपालिका र दोश्रो खेलमा बंगलाचुली गाउँपलिका बिजयी भएका छन् । विहान भएको पहिलो सेटमा २५–१९ र दोश्रो सेटमा २५–१३ ले राजपुर गाउँपालिकालाई हराउँदै शान्तिनगर बिजयी भएको थियो भने दोश्रो खेलमा बबई गाउँपालिका २५–२२ र २५–२० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिका बिजयी भएको हो । बंगलाचुली गाउँपालिकाले समूह चरणका विहिवार भएका दुई खेलमा जित निकालेको थियो ।
नेपाली कांग्रेस दाङको आयोजनामा जिल्लामै पहिलो पटक भएको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको समूह चरणका अन्तीम खेलहरु शुक्रवार विहान पहिलो खेल घोराही र राजपुर गाउँपालिकाबिच र दोश्रो खेल बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाबिच हुने भएको छ । त्यसैगरी दिउँसोको पहिलो खेल बबई गाउँपालिका र घोराही उपमहानगरपालिका र दोश्रो खेल बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकाबिच हुने भएको आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ ।
त्यस्तै फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र दोश्रो हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयासहित ट्रफि प्रमाणपत्र प्रदान गरिने भएको छ ।
