सिधा-पत्र/क्राईमबिट बिहिबार, फाल्गुण १९, २०७८

जनकपुरधाम । धनुषामा प्रहरीले आफ्नै महिला सहकर्मीसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको छ ।

जिल्लाको महेन्द्रअंगरस्थित इलाका प्रहरी कार्यालयमा कार्यकर्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) बेचन यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको पाइएको हो ।

जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ । सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।

जानकी मेडिकलमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक-पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।

यता, इन्स्पेक्टर यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनले घटनाको छानबिन पश्चात मात्र सत्य तथ्य भन्न सकिने बताए । ई-कान्तिपुरबाट ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]