
Gisld
Rbs
Mbdvs
Pbu
Sds
mbd

Rsb
Bbbpu
Sls
Ssm
Vor
Ggd
Sbs
Rgu
Tsm
Bbu
Gst
Pvg
Hal
Wsp
Ksm
nsb
Asm
Rgu
Rgs

Pls
Abd
Gsb
Ptm
Jmb
Mks
Syp
sab
bbt
Jmb
Rpp
Bml
Rmb
दाङ । गोरखा मोडेल कलेज तुलसीपुरका विविएस चौथो वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई विदाई गरिएको हो ।
विविएस तेस्रो वर्षका विद्यार्थी अनिल चौधरीको अध्यक्षता तथा परीक्षा नियन्त्रण कार्यालय कोहलपुर बाँकेका सहायक परीक्षा नियन्त्रक लक्ष्मण पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरि विद्यार्थीहरुलाई विदाई गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले विद्यार्थीहरुले प्राप्त गर्ने मार्कसिटको मात्रै केही अर्थ नहुँने बताए । विद्यार्थीहरु आफ्नो शैक्षिक योग्यासंगै सीपको प्रयोग गरेर आम्दानीमा जोडिनु पर्ने बताए । त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुख गणेश पार्धेले विद्यार्थीहरु अनुशासित हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा गोरखा ग्रुप दाङको शैक्षिक निर्देशक दुर्गा बहादुर केसी,गोरखा मावि तुलसीपुरका उपाध्यक्ष डोरबहादुर जीसी,कलेज प्रमुख पूर्णविक्रम डाँगी,भिक्टोरिया इन्टरनेश्नल कलेज घोराहीका शैक्षिक निर्देशक सम्राटनाथ योगी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमको सहजीकरण विद्यार्थी सपना वली र प्रतिज्ञा डाँगीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।लाइभदाङ
