Sidha Patra बिहिबार, फाल्गुण १९, २०७८

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उप-समिति विस्तार तथा छलफललाइ जारी राखिएको छ ।

प्रदर्शनीको प्रचार-प्रसार तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्यसमेत तीव्रता दिएको प्रर्दशी मुल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिनु भयो । प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन सबै उप-समितिले काम अगाडि वढाएको उहाँको भनाइ छ । अहिले सबै उप समितिहरुले आफनो कामलाइ तिव्रता दिएको उहाँले बताउनु भयो ।

अहिले सबै उप-समितिहरुले आफ्नो कामलाइ तिव्रता दिएको मुल आयोजक समितिका उप संयोजक एवम संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनु भयो । विहिवार घोराही क्षेत्रमा रहेका टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ । छलफलमा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संघले थालेको प्रदर्शनीमा सहयो गर्ने प्रतिवद्धता जनाएका थिए ।

शोभा यात्रामा आ-आफनो तर्फबाट झाँकी सहित सहभागि हुने बताएका थिए । बैठकले शोभा यात्रा उप समितीमा टोल विकास संस्थाका प्रतिनिधीहरुलाई सदस्यमा राख्ने निर्णय गरेको शोभा यात्रा उप-समितिका संयोजक नरेशकुमार श्रेष्ठले जानकारी दिनु भयो । धार्मिक उप-समिति विस्तार गरिएको छ । उप-समितिका संयोजक विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको बैठकले प्रकाश भट्टा भट्टराईको सह-संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा सुनिल कुमार देवकोटा, धनपती शर्मा,टोपेन्द्र पौडेल,धनश्याम केसी,शिव गौतम,वशन्तराज शर्मा,उमाकान्त भण्डारी,कृष्ण गिरी,राजन रावत,उदयवहादुर डाँगी रहनु भएको छ ।

जसको सल्लाहाकार समितिमा भोलानाथ योगी, जयानन्द शर्मा,प्रेम शाह,दधिराम भण्डारी र तोयानाथ योगी रहनु भएको छ । स्टल व्यवस्थापन उप-समिति विस्तार गरिएको छ । स्टल व्यवस्थापन उप-समितीको सदस्यमा मुक्तिराम खनाल,केशव भुसाल,सचेत शर्मा,सञ्जीव श्रेष्ठ,भुवन आचार्य, सालिकराम थापा,राजेन्द्र लामा,नारायण राणा क्षेत्रि, समिर के सी,सुसिल परियार,आकाश विश्वकर्मा रहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिनु भयो ।

यसैगरी समितिको सल्लाहाकारमा विष्णु सुवेदी, निमवहादुर बुढाथोकी,देवीराम न्यौपाने रहनु भएको छ । त्यस्तै टिकट व्यवस्थाप उप-समिति विस्तार गरिएको छ । समितिमा शालीकराम खनाल,थानेश्वर बुढा,सुरज सुवेदी,सन्तोष गिरी,बिक्रम राना,श्याम वि क,ज्ञानवहादुर बुढा मगर,खेमराज भण्डारी,विश्व पौडेल,गणेश दगाल र भरत सुनार रहेको उप-समितिका संयोजक बिकाश वलीले जानकारी दिनु भयो । यस्तै समितिको सल्लाहाकारमा मधु अधिकारी,एकराज खनाल,विनोद गहतराज, दिनानाथ शर्मा रहनु भएको छ । त्यसैगरेर प्रदर्शनीका बारेमा पुर्व अध्यक्ष तथा पुर्व पदाधिकारीहरुसंग समेत छलफल गरिएको छ । संघको आयोजनामा“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास,पर निर्भर मुखी अर्थतन्त्रको निकास”भन्ने नाराका साथ यहीँ फागुन २६ गतेदेखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]