सागर थापा शुक्रबार, फाल्गुण २०, २०७८

चितवन । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो ।

त्यस्तै विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ ।” कसरामा राखिएको बाघलाई दिनमा चारदेखि छ किलोसम्म राँगाको मासु दिइन्छ ।

कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ । खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिनुभयो । गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो ।

सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो । यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते हुनुभएको थियो । उहाँ सामान्य उपचारपछि घर फर्किनुभएको थियो ।त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते हुनुभयो । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो । राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

यस्तै बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो । बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (पाडो) राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहितको जनशक्ति परिचालित गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]