
cjs
Rgp1
Lnp
pku
Pes
Ggp
sbs
Djs
Pbu
Sgr
Gfs
Srbpu
Unsku
Rgp

Hal
Rgu
Ssm
Ksm
Tsm
Rgs
Sbs
Bbbpu
Pvg
Bbu
Wsp
Rsb
Rgu
Ggd
Asm
Vor
Gst
Sls
nsb

Gsb
Rmb
Jmb
Rpp
Pls
Syp
Bml
Mks
sab
Jmb
Ptm
Abd
bbt
दाङ । फागुन २४ गते ८ मार्चको अबसरमा घोराही उपमहानगरपालिकामा किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा अभिमुखिकरण कार्यक्रम गरिने भएको छ ।
११२औँ अन्तराष्ट्रिय महिला दिवस २०२२ को अबसरमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस बर्ष दिवसको नारा “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता तए गरिएको छ ।
दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रम सफल बनाउनका लागि सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको सदस्य सचिवमा परिवार नियोजन संघकी सचिव माया पोखरेल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा महिला मानब अधिकार रक्षक सञ्जालकी अध्यक्ष सुशिला पौडेल, अखिल नेपाल महिला संघकी बिष्णु कालाथोकी, नेपाली कांग्रेसकी गोमा रावत, नेकपा माओवादी केन्द्रकी बालिका शर्मा, भुमिहिन तथा सुकुम्वासी संघकी पूर्व अध्यक्ष लिला बि.क, जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी सहायक निरिक्षक निमा डिसी, पत्रकार विमला घर्ती रहनुभएको छ । जिल्लामा रहेका संघ संस्थाको समन्वयमा कार्यक्रमलाई सफल बनाउने निर्णय गरिएको छ । कार्यक्रममा सहभागिहरुले महिलाको अधिकारका लागि कानुन निर्माण गरिएपनि कार्यान्वयन पक्ष फितलो रहेको बताएका छन् ।
कानुन कार्यान्वयनको पाटोमा जटिलताहरु रहेको उनिहरुको भनाई थियो । आफ्ना अधिकारका बिषयमा जानकारी नहुँदा अझै पनि पीडितहरु अलमलिने अवस्था रहेको छ । दिवशको अवसरमा अन्य थप कार्यक्रमहरु पनि आयोजना गरिने भएको छ । जसका लागि आज अन्र्तत्रिलया कार्यक्रम गरिएको छ । सिसा नेपाल तथा नेपाल परिवार नियोजन संघ नेपाल दाङ शाखाको आयोजनामा छलफल गरिएको हो ।
जसले संघ संस्थाको सामुहिक सहकार्यमा महिला दिवशको अवसरमा कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन दाङ शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो ।
