अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध भएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताएका […]

नेपाल संवाद क्लबको केन्द्रिय कार्यालय नेपालगञ्जमा वरिष्ठ पत्रकार धमलाद्वारा उद्घाटन

बाँके । नेपालगन्जमा सामाजिक खबरदारी,अनियमितता विरुद्धको आवाज,शिक्षा–स्वास्थ्य तथा स्थानीय राजनीतिक विकृति–विकर्षणको भण्डाफोर गर्ने उद्देश्यसहित स्थापन गरिएको ‘नेपाल संवाद क्लब’ को केन्द्रीय कार्यालय नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा भव्य रुपमा उद्घाटन गरिएको छ। रिपोर्टर्स क्लबका सञ्चालक तथा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथि रहेका कार्यक्रममा उनले क्लबको यात्रा सफल रहोस् भनी शुभेच्छा व्यक्त गर्दै भने,“संवादले समाज चलाउँछ,विवेकपूर्ण […]

गढवा गाउँपालिकामा १६ दिने अभियान अन्तर्गत नेतृत्व विकास परामर्श कार्यक्रम सम्पन्न

दाङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा एक दिने नेतृत्व विकास परामर्श कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विविध रुप लिएर फैलिँदो लैंगिक हिंसा र साइबर अपराधका जोखिमबीच समुदायलाई सचेत,सुरक्षित र सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर […]

श्रम संस्कृति पार्टीको घोषणापत्र,मूल सिद्धान्त‘हर्कवाद’,प्रत्यक्ष निर्वाचित राष्ट्रपती

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरु सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो । पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरुको विकल्पमा श्रम […]

राजपुरको हुलाकी राजमार्ग निर्माणप्रति सरकारको ध्यानाकर्षण, मन्त्री घिसिङ सकारात्मक

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले राजपुरको दीर्घकालीन विकासका लागि अत्यावश्यक मानिएको हुलाकी राजमार्ग निर्माणकार्य तुरुन्त सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । राजपुर-६,को गंगदीदेखि वडा नम्बर ७ को हाटबाससम्म पर्ने हुलाकी राजमार्ग खण्डमा हालसम्म कुनै पनि निर्माण पहल नदेखिएको भन्दै अध्यक्ष बुढाथोकीले यसले स्थानीय जनताको दैनिक जीवनमा […]

नि:शुल्क शिक्षा प्रभावकारी नहुँदा गुणस्तर सुधारमा चुनौती:प्रदेश सभा सदस्य थारु

दाङ । नि:शुल्क शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर अपेक्षित रुपमा सुधार हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले बताएका छन् । दाङको गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थारूले सरकारले ल्याएको नि:शुल्क शिक्षा नीति राम्रो सोच र दीर्घकालीन लक्ष्यका […]

जेनजी आन्दोलनका क्रम एआईजीको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका वडा नम्बर–४,स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए । आगजनीमा संलग्नहरुलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका […]

एमालेले लुम्बिनी प्रदेशमा रेवती गुरुङलाई बनायो सांसद

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधन भएपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ नयाँ सांसद् नियुक्त भएकी छन्। रुपन्देही निवासी गुरुङले मंगलबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । त्यस्तै निर्वाचन आयोगको मङ्सिर ११ को निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा […]

सर्वोच्चद्वारा भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर

काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार आज सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जारी गर्ने फैसला गरेको हो । मन्त्रिपरिषदले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति […]

राजपुरको शंकर माविमा उपभोक्ता स्वास्थ्य र खाद्य छनोट तथा प्रयोग सम्बन्धी प्रशिक्षण सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३, खरदरिया स्थित शंकर माध्यमिक विद्यालयमा एक दिने उपभोक्ता स्वास्थ्य र खाद्य छनोट तथा प्रयोग सम्बन्धी जनचेतनामूलक प्रशिक्षण तालिम सोमबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजमा आज सम्पन्न भएको तालिममा कक्षा ९ र १० का ६५ जनालाई विद्यार्थी स्तरमा विद्यार्थीहरुलाई उपभोक्ता स्वास्थ्य […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]