
Rgp1
pku
Pes
cjs
Unsku
Lnp
Srbpu
Ggp
Pbu
Gfs
Rgp
Djs
Ses
Sgr

Rgs
Ksm
Rgu
Tsm
Rgu
Vor
Bbbpu
nsb
Asm
Sls
Gst
Ggd
Pvg
Ssm
Rsb
Bbu
Hal
Sbs
Wsp

Rmb
Bml
Jmb
bbt
Mks
Syp
Rpp
Ptm
Pls
Abd
sab
Jmb
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले राजपुरको दीर्घकालीन विकासका लागि अत्यावश्यक मानिएको हुलाकी राजमार्ग निर्माणकार्य तुरुन्त सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।
राजपुर-६,को गंगदीदेखि वडा नम्बर ७ को हाटबाससम्म पर्ने हुलाकी राजमार्ग खण्डमा हालसम्म कुनै पनि निर्माण पहल नदेखिएको भन्दै अध्यक्ष बुढाथोकीले यसले स्थानीय जनताको दैनिक जीवनमा ठूलो असुविधा भएको बताए । उनका अनुसार राजपुर अत्यन्तै बिकट क्षेत्र हो र यहाँका नागरिक वर्षौंदेखि पहुँचविहीनताको मारमा परिरहेका छन् ।
“यहाँका जनताले भोग्नुपरेको दु:ख केन्द्र सरकारले कहिल्यै देखेन,” अध्यक्ष बुढाथोकीले भने,“स्थानीय तहको स्रोत–साधनले मात्र यस क्षेत्रको विकास सम्भव छैन, त्यसैले केन्द्र सरकारले विशेष गम्भीरता दिएर हुलाकी राजमार्ग निर्माण तत्काल अघि बढाउन जरुरी छ ।”
उक्त सडक खण्ड निर्माण नहुँदा स्वास्थ्य सेवा, शिक्षा, व्यापार –व्यवसाय तथा दैनिक आवागमनमा व्यापक समस्या उत्पन्न हुँदै आएको छ । अध्यक्ष बुढाथोकीले यी समस्याबाट मुक्तिका लागि हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरी चाँडै काम शुरु गर्न मन्त्रालयसँग अपिल गरेका छन् ।
राजपुर जस्तो बिकट क्षेत्रमा सहज आवागमन र अत्यावश्यक सेवामा पहुँच सुनिश्चित गर्न हुलाकी राजमार्गलाई सञ्चालन गर्ने योजना अत्यन्त आवश्यक भएको पालिकाले जनाएको छ ।
यही अनुरोधसहितको ध्यानाकर्षण पत्र जेनजी अभियन्ता गगन वली र राजपुर गाउँपालिकाका सब–इन्जिनियर जीवन खड्काले मन्त्री कुलमान घिसिङलाई भेटेर हस्तान्तरण गरेका छन् ।ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले राजपुर गाउँपालिकाको मागप्रति आफू सकारात्मक रहेको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी सडक निर्माण कार्य अघि बढाइने आश्वासन दिएका छन् ।
अभियन्ता वलीका अनुसार,राजपुरको भौगोलिक विकटताले गर्दा जनताले दैनिक आवागमनदेखि स्वास्थ्य,शिक्षा,व्यापार–व्यवसायसम्ममा ठूलो समस्या भोगिरहेको अवस्थामा हुलाकी राजमार्ग निर्माण अत्यावश्यक बनेको छ । उनले भने, “मन्त्रालयले सकारात्मक आश्वासन दिएको छ,अब छिट्टै काम अघि बढ्ने अपेक्षा गरिएको छ ।”
त्यस्तै सडक निर्माण कार्य सुरु नहुँदा वर्षौंदेखि कठिनाइ झेल्दै आएका स्थानीयवासीले यसपालि भने सरकारबाट ठोस पहल हुने आशा व्यक्त गरेका छन् ।
