
Nssbus7
syysr
dsbus
Gsbus
Amb
Pbu
Gsl
Ratbs
Ssbus
Ddhbs
Bksbus5
gms
Jsbus
Csbus
Syees
Rbs

nsb
Tsm
Rgu
Gst
Wsp
Hal
Bbbpu
Bbu
Rgu
Ksm
Sls
Ggd
Sbs
Rgs
Ssm
Asm
Vor
Rsb
Pvg

Rpp
Bml
Jmb
Ptm
Mks
Gsb
Syp
Jmb
bbt
Rmb
Pls
sab
Abd
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधन भएपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ नयाँ सांसद् नियुक्त भएकी छन्।
रुपन्देही निवासी गुरुङले मंगलबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
त्यस्तै निर्वाचन आयोगको मङ्सिर ११ को निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो।
पुनको निधनपछि रिक्त भएको समानुपातिक तर्फको महिला आदिवासी जनजाति कोटामा बन्दसूचीको क्रमानुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको एमालेले जनाएको छ। लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुनले रिक्त स्थानले आजबाट पूर्णता पाएको बताए। लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेका छन्।
यस्तै एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन्। रातोपाटी
