
Ggp
Asb
Usb
lnp
Lks
Ggp
Rgp
Dus
Rgp
Rgp
Sgp
Lnp
Jns
ksb
Rgp

lms

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका वडा नम्बर–४,स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए । आगजनीमा संलग्नहरुलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
त्यस्तै पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ घर भएका ४५ वर्षीय रुपेश बुढाथोकी,गोरखाको गण्डकी गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २ जना छन् । आरोपीहरुबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।
