गढवामा ल्याव र औषधि सहितको नि:शुल्क शिविर, ३ सय बढीले पाए सेवा

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको गोबरडिया स्वास्थ्य चौकीमा बिहिवार नि:शुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिका गाउँ कार्यपालिकाको समन्वयमा बिहिवार एक दिने निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने रोग […]

छाडा पशु चौपाया व्यवस्थापन हुन्छ-लमही नगरपालिका

दाङ । छाडा पशु चौपाया पीडित र नगरपालिकाविच आज छलफल भएको छ । छलफलमा छाडा पशु चौपायाले स्थानीयलाई पुर्याएको हानि नोक्सानीप्रति लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनु भयो । वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको नेतृत्वमा गएको एक टोलीसंग कुराकानी गर्दै योगीले छाडा पशु चौपायाहरु व्यवस्थापन […]

आजदेखि अनिश्चितकालिन देशभरका सामुदायिक विद्यालयहरु बन्द

काठमाडौं। आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका छन् । सरकारले गत भदौ २७ […]

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट

काठमाडौं । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच राष्ट्र संघको मुख्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भयो। त्यस्तै दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव […]

सरकार र आन्दोलनरत शिक्षक वार्तामा बसे

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा अनौपचारिक वार्तामा बसेका छन् । आज बिहान आठ बजेदेखि जारी छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा […]

संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा रक्तदान

दाङ । संविधान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रास्वपा लमही नगर कमिटीले संविधान दिवसको अबसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी लमही शाखाले प्राविधिक सहयोग गरेको हो । नेरेसो लमही शाखाकि प्रमुख मनिषा थापा र आशा चाैधरीले सहजीकरण गरेको उक्त कार्यक्रममा महिला – […]

सुवास नेम्बाङ सम्झिदै एमाले लुम्बिनी प्रदेश कमिटीले मनायो संविधान दिवस

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आठौ संविधान दिवस दाङको राप्ती उपत्यका स्थित प्रदेश राजधानीमा मनाएको छ । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षता र पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालिको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै उपाध्यक्ष ज्ञवालिले नेपालको संविधान बिश्वकौ उत्कृष्ट भएको र यसलाइ कार्यान्वयन गर्न सरकारले तदारुकता […]

कैलालीको टीकापुर ‘नरसंहार’ घटनाका सबै दोषी रिहा,३० जनाको छैन अत्तोपत्तो

धनगढी । कैलालीको टीकापुर ‘नरसंहार’ घटनामा दोषी ठहर भएर जेल परेका सबै (चार) जनालाई रिहा गरिएको छ। संविधान दिवसको अवसर पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि आज (बुधबार) चारै जना कारागारमुक्त भएका हुन् । तीन जना कैलाली कारागारमा थिए भने एक जना बालसुधार गृहमा। कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर […]

संविधानको दिवसको झल्को दिन गुरुकुलको नमूना सांसद बैठक

दाङ । आज असोज ३ गते अर्थात संबिधान दिवस देशका विभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । त्यस्तै सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले विद्यार्थीलाई राजनीतिक कुरा बुझाउन देशको बर्तमान राजनीतिक अबस्था र अव आउदा दिनमा कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन नमुना सांसद बैठकको आयोजना गरी मनाएको छ । घोराहिको सभा हलमा […]

दाङमा रहेको दुई कारागारबाट २२ जना कैदीबन्दीहरुको कैद मिनाह

दाङ । दाङ जिल्लाको दुई कारागारबाट २२ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा घोराही र तुलसीपुर कारागारबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनु भयो । प्र जिअ सुवेदीका अनुसार घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १४ जना गरी २२ जना कैदीबन्दीको कैद […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]