
Rgp
Pes
Ggp
Pbu
Djs
sbs
Unsku
Sgr
Rgp1
Srbpu
pku
Gfs
Lnp
cjs

Sbs
Rsb
Hal
Gst
Vor
Ssm
Pvg
Ksm
Wsp
Ggd
Asm
Sls
Rgs
Bbu
Bbbpu
Rgu
Tsm
nsb
Rgu

Gsb
bbt
Mks
Jmb
Abd
Bml
Rpp
Jmb
Rmb
Syp
Pls
sab
Ptm
काठमाडौँ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल मधेस,बागमती र गण्डकी प्रदेशलगायत कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । साथै तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै,आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशल गायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
