
Ratbs
Rbs
Ddhbs
Jsbus
Bksbus5
Csbus
Amb
Gsbus
Gsl
Ssbus
dsbus
Nssbus7
gms
Pbu

Rsb
Gst
Bbbpu
Sls
Pvg
Tsm
Rgs
Sbs
Ksm
Bbu
Vor
Ssm
Ggd
nsb
Hal
Asm
Wsp
Rgu
Rgu

Ptm
Pls
Mks
Gsb
Syp
Bml
bbt
sab
Rpp
Jmb
Abd
Jmb
Rmb
काठमाडौं। आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका छन् । सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
त्यस्तै शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै आएको छ । विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी प्रदर्शनमा उत्रिएको जनाएको हो ।
यसैगरी आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘बुधबारदेखि देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन विद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन विदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’
