दाङ । संविधान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रास्वपा लमही नगर कमिटीले संविधान दिवसको अबसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी लमही शाखाले प्राविधिक सहयोग गरेको हो ।
नेरेसो लमही शाखाकि प्रमुख मनिषा थापा र आशा चाैधरीले सहजीकरण गरेको उक्त कार्यक्रममा महिला – पुरुष गरि ५० जनाले रक्तदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीका अध्यक्ष शिबलाल भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै सो कार्यक्रममा लुम्बिनी प्रदेश प्रचारप्रसार बिभागका सदस्य डिल्लीराज खनाल,लुम्बिनी प्रादेशिक RAT प्रमुख बाबुराम खनाल लगायतको सहभागी रहेकोे लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।