
Pes
Pbu
Lnp
cjs
pku
Djs
Unsku
Sgr
Srbpu
sbs
Rgp
Rgp1
Ggp
Gfs

Rsb
Ksm
Sls
Ggd
Pvg
Rgu
Gst
Rgs
Hal
Ssm
Bbbpu
Vor
Asm
Rgu
Sbs
Bbu
Tsm
Wsp
nsb

Mks
Jmb
Abd
Jmb
Bml
Gsb
sab
Rmb
bbt
Syp
Pls
Ptm
Rpp
दाङ । गायक विक्रम जंग थापाले नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक गरेका छन् । माया प्रेममा आधारित उक्त गीत भोलूम अन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायक थापासँगै लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ । गीतको शब्द दोर्ण अधिकारीले लेखेका हुन् भने संगीत कारण न्यौपानेको रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् ।
गीतको म्युजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ । भिडियोमा स्वयं गायक विक्रम जंग थापा, स्मारिका ढकाल, एन्जिला खत्री, इन्द्र प्रसाद ढकाल र दोर्ण अधिकारीको अभिनय देख्न सकिन्छ ।
यसअघि पनि गायक थापाका ‘सिनेमाको हिरो’, ‘आज मुड चल्याछ’, ‘झ्याप्प आज भेट भो’, ‘आत्मा जलाई जलाई’ र ‘जोडी जम्छ दामी’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
दाङको घोराही उपमहानगरपालिका ५ स्थायी घर भएका थापा पछिल्लो समय काठमाडौंलाई केन्द्र बनाएर गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका थापा गायनसँगै उनले अभिनय क्षेत्रमा समेत आफ्नो यात्रा अगाडि बढाइरहेका छन् ।
