
Ksb
Fmb
jsb
Tgp
Bsn
Ssb
Rks
Csb
Ppu
Ksb
Ksb
Gsb
Usb
Nsb
Rsb
Ssb

Gsb
Hl1
Usb
Tsb
Ssb

Rgu
ptl
Nps
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आठौ संविधान दिवस दाङको राप्ती उपत्यका स्थित प्रदेश राजधानीमा मनाएको छ ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षता र पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालिको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै उपाध्यक्ष ज्ञवालिले नेपालको संविधान बिश्वकौ उत्कृष्ट भएको र यसलाइ कार्यान्वयन गर्न सरकारले तदारुकता देखाउनु पर्ने बताउनु भयो ।
एमालेका उपाध्यक्ष स्व. सुवास नेम्बाङ र पार्टीको सम्बिधान निर्माण प्रक्रियामा अहम भुमिका रहेको उहाँले बताउनु भयो । सत्ता पक्षले यो सम्बिधान कार्यान्वयन गर्न विभिन्न कानुनहरु पास गरेर भुमिका खेल्ने काममा ढिलासुस्ती गर्न नहुने उहाँको धारणा थियो ।
त्यस्तै सम्बिधान निर्माण प्रक्रियामा स्व. नेम्बाङले सम्बिधान सभाको अध्यक्ष बनेर निकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेको कार्यक्रमका बक्त्ताहरुले बोलेका थिए ।
कार्यक्रम सुरु हुनु अघि प्रदेश राजधानी गेटबाट सुरु भएको जुलुस राप्ती गाउँपालिका सभाहलमा पुगि सभामा परिणत भएको थियो । मन्चमा सुवास नेम्बाङको फोटो राखी श्रद्धाञ्जली अर्पण गर्दै नेता कार्यकर्ता सबै दर्शक दिर्घामै आसन ग्रहण गरेको कार्यक्रममा देखिन्थ्यो ।
कार्यक्रममा पार्टिका केन्द्रिय सचिव पदमा अर्याल, पोलिट्ब्युरो सदस्यहरु लिला गिगी,दधिराम न्यौपाने, शान्ता चौधरी र केन्द्रिय सदस्यहरु साजिदा सिद्दिकी, भागवत बिश्वासी र दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत लगायतले सम्बिधान दिवसको महत्व र यसको ब्यबहारिक कार्यान्वयनका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले गर्नु भएको थियो ।

