
Csbus
Ssbus
Bsbus
Lsbus
Ksbus
Rsbus
Ssbus
Jsbus
Ssbus
dsbus
Nssbus7
Ksbus
Gsl
gms
Pbu
Bksbus5
bpmhl
Gsbus
Ksbus

Vor
Tsm
Ksm
Rgu
Rgu
Bbbpu
Sbs
Wsp
Rsb
Rgs
Pvg
nsb
Asm
Sls
Ssm
Gst
Hal
Ggd
Bbu

sab
Jmb
Pls
Mks
Rmb
Ptm
bbt
Syp
Rpp
Gsb
Bml
Jmb
Abd
कैलाली । नेपाली काङ्ग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गर्दैछ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि केहीबेरमा सभापति गगन कुमार थापा धनगढी पुग्दै छन् ।
त्यस्तै,भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे धनगढी पुगिसकेका छन् । विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरुसँग सामूहिक छलफल गर्ने तयारी गरेको हो ।
हिजो पत्रकार सम्मेलनमार्फत सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेश स्तरीय प्रशिक्षण भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका थिए । ‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची छ,’ सहमहामन्त्री स्नेहीले भने, ‘पार्टीका उपसभापति विश्वप्रकाश शर्मा,सभापति गगन कुमार थापा लगायतले भेलालाई सम्बोधन गर्नुहुनेछ ।’
यस्तै,भेलाका लागि कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रदेश सभापति र नौवटै जिल्लाका सभापतिलाई सहभागी हुन पत्र पठाएका थिए । पत्रमा सुदूरपश्चिम प्रदेश समितिका तथा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरु,प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेश सभामा रहेका सांसदहरु,सबै जिल्ला सभापति,जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु,पालिकामा विजयी भएका पार्टी सभापतिहरु,कैलाली जिल्लाका सबै पदाधिकारी, प्रतिनिधि सभा,क्षेत्रीय,प्रदेश तथा पालिका सभापतिहरुलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै,प्रत्येक सहभागीबाट २ हजार ५ सय रुपैयाँ दर्ता शुल्कसमेत निर्धारण गरिएको छ । पत्रमा कार्यक्रमको व्यवस्थापन नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्ने र स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्ने बताइएको छ । कैलाली जिल्लाको तर्फबाट कार्यवाहक सभापति खेमराज डगौरा थारुले सहभागिताका लागि सबै निर्वाचन क्षेत्रका सभापतिहरुलाई पत्राचार समेत गरिसकेका छन् ।
यस्तै,भेलाको उद्घाटन सभापति थापाले गर्ने कार्यक्रम छ । कार्यक्रममा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम रहनेछ । त्यसपछि केन्द्रीय नेताहरु बोल्नेछन् ।
२७ गते स्थानीय तहका जनप्रतिनिधि,प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधि,नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरुको प्रशिक्षण राखिएको छ । उनीहरुलाई उपसभापति विश्वप्रकाश शर्माले प्रशिक्षण दिनेछन् । भेलाको समन्वयका लागि केन्द्रबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई खटाइएको छ भने थप सहजीकरणको जिम्मेवारी सहमहामन्त्री उदय शमशेर राणालाई दिइएको छ ।
