
cjs
sbs
Srbpu
Rgp1
Pbu
Rgp
Ggp
Sgr
Pes
Lnp
Gfs
Djs
pku
Unsku
दाङ । ‘ईभान्सिका’ एक अबाेध शिशु । सँसार देखेको १६ दिनमा आफ्नै आमाको निसानामा परिन । आमाले घाटीमा रोपिदिएको धारिलो चाकुको दुखाई जेनतेन १४ दिन सहिन । तर अफसोच छुराको दर्द लामो समय सहन सकिनन् । अन्तत:बिहिवार राती शैशबावस्थामै देह त्याग गरिन । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी शिव प्रसाद चौधरी र निरम […]
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका […]
दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अस्ति बिहीबार दिउँसो दाङको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएको बेला केसीले भरुवा बन्दुकले हानेर २८ वर्षीय जुगरू चौधरीको […]
महोत्तरीको सम्सी-५ स्थित देवीस्थानबाट २ सय ९० केजी गाजासहित २ जना पक्राउ परेका छन् । सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि रहेको फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र […]
कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जाेड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेसँगै कडाइसाथ बजार अनुगमन थालेको छ। गाउँपालिकाले पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयाेजक कमलापती चाैधरीकाे नेतृत्वमा शुक्रबार लालमटिया, पाखापानी,भालुवाङ्ग पुलचाेक बजार र पुरानो भालुवाङ्ग बजार क्षेत्रकाे अनुगमन गरेको छ। अनुगमनका क्रममा उक्त बजार […]
काठमाडौं । नेपाल सरकारको गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो । त्यस्तै सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित मनकामना मेडिकल हलका संचालक तथा आर्मी हे.अ. काठमाडौं आर.एम.पी. डाक्टर कुल्दीप वाग्लेले आफ्नो ५८ औं जन्म दिनको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित निल सागर सेवा आश्रमलाई न्यानो लुगा, खाद्यान्न र औषधि दिएर आफ्नो जन्म दिन मनाउनु भएको छ । समाजमा विभिन्न मानिसहरुले […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ का डिल्लीराज भुसाल खाजा नास्ता र मिठाई बनाउने १० दिने तालिममा सहभागी हुनुभयो । सो तालिममा दश दिन सम्म खाजा नास्ता र मिठाई समेतका २३ परिकार बनाउन सिकेको र तालिम समापन गर्दा २५ हजार बराबरका किचन समाग्री पाउँदा निकै खुसी भएको बताउनु भयो । गढवा–६ निवासी जानुका उचै […]
झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो। उनविरूद्ध सोही नगरपालिका-८ टोकला चिया बगानमा बालिकामाथि बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]