
Srbpu
Pbu
Sgr
pku
Rgp1
Lnp
Ggp
Rgp
Unsku

Pvg
Sls
Asm
Hal
Wsp
Rsb
Bbu
Ssm
nsb
Rgs
Rgu
Gst
Vor
Bbbpu
Sbs
Ggd
Tsm
Ksm
Rgu

sab
Abd
Mks
bbt
Ptm
Rpp
Pls
Bml
Jmb
Rmb
Gsb
Jmb
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित मनकामना मेडिकल हलका संचालक तथा आर्मी हे.अ. काठमाडौं आर.एम.पी. डाक्टर कुल्दीप वाग्लेले आफ्नो ५८ औं जन्म दिनको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित निल सागर सेवा आश्रमलाई न्यानो लुगा, खाद्यान्न र औषधि दिएर आफ्नो जन्म दिन मनाउनु भएको छ ।
समाजमा विभिन्न मानिसहरुले आफ्नो जन्म दिनको अवसरमा महङ्गो होटेल र बारमा गएर फजुल खर्च गर्दै मनाउने गरेको पाइन्छ । तर डाक्टर वाग्लेले त्यस्तो फजुल खर्च नगरेर आफ्नो जन्म दिनमा वृद्धा आमा- बुवालाई जाडोको मौसममा कठ्याङ्ग्रीन नपरोस् ,भनी न्यानो लुगा,खाद्यान्न र औषधि लगेर दिनु भएको हो ।
शुक्रबार आज आश्रमका गरिबु चौधरी मार्फत डाक्टर वाग्लेले २२ जना जेष्ठ नागरिकका लागि ओढ्ने न्यानो लुगा,५ जना महिलाका लागि लुगा र एक बोरा चामल, दाल,तरकारी,विभिन्न परकारका औषधिहरु उपलब्ध गराउनु भएको छ । उक्त सामग्रीहरु डाक्टर वाग्लेले आफ्नो धर्मपत्नी ल्याब असिस्टेन्ट शर्मिला (श्रेष्ठ)वाग्ले,छोरा कुशल वाग्लेका साथ आश्रममा पुगेर हस्तान्तरण गर्नु भएको थियो ।

