
Unsku
Djs
Pes
Ggp
Rgp
sbs
Lnp
Gfs
cjs
pku
Pbu
Rgp1
Sgr
Srbpu

Asm
Gst
Rgu
Vor
Bbbpu
Tsm
Hal
Ssm
Ggd
Rgu
Bbu
nsb
Ksm
Rsb
Rgs
Wsp
Sbs
Pvg
Sls

Bml
Gsb
Jmb
sab
Mks
Jmb
bbt
Rmb
Rpp
Ptm
Abd
Syp
Pls
महोत्तरीको सम्सी-५ स्थित देवीस्थानबाट २ सय ९० केजी गाजासहित २ जना पक्राउ परेका छन् । सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि रहेको फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।
गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने सहचालक राजेश घलानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए ।
पक्राउ परेका चालक र सहचालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको ट्रक पनि प्रहरी कार्यालय परिसरमै राखिएको गिरीले बताए ।
