
Pbu
Rgp
Ggp
Rgp1
Sgr
pku
Lnp
Srbpu
Unsku

Sls
Ksm
Wsp
Rgu
Gst
Rsb
Hal
Ssm
Ggd
Bbu
Sbs
Rgs
Tsm
Bbbpu
Rgu
Vor
nsb
Asm
Pvg

Pls
Ptm
Syp
Jmb
Abd
Jmb
Bml
Rmb
Gsb
sab
Mks
Rpp
bbt
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ का डिल्लीराज भुसाल खाजा नास्ता र मिठाई बनाउने १० दिने तालिममा सहभागी हुनुभयो ।
सो तालिममा दश दिन सम्म खाजा नास्ता र मिठाई समेतका २३ परिकार बनाउन सिकेको र तालिम समापन गर्दा २५ हजार बराबरका किचन समाग्री पाउँदा निकै खुसी भएको बताउनु भयो । गढवा–६ निवासी जानुका उचै मगर सिप सिकेपछि ब्यवसाय गर्ने उद्देश्य बोकेर सो तालिममा सहभागी भएको र सिपसंगै १ भारी सामानहरु पाउँदा ब्यवसाय गर्न प्रेरीत भएको बताउनुभयो । गढवाकै चन्द्रबहादुर थापाले पहिलो पल्ट कुक सम्बन्धि तालिम लिएको र यो तालिम सिकेपछी आफ्नै ब्यवसाय सुरु गर्ने हौसाला पाएको बताउनु भयो ।
भुसाल, मगर र थापा जस्तै गढवाको आयाम बहुउद्देश्यिय सहकारी संस्थाले दिएको दश दिने खाजा बनाउने तालिमका सहभागी २० जनाले तालिम सकेको दिन जनही २५ हजार बराबरका किचन सामाग्रीहरु र खाजा नास्ता बनाउने सिप समेत पाउँदा ब्यवसाय सुरु गर्ने बाचा गर्दै घर फर्किनु भएको छ । हामीलाई तालिम पनि दिइयो र साथमा आबश्यक पर्ने सामानहरु पनि । अब हामी सबैले ब्यवसाय सुरु गर्छौ तालिमका सहभागी सबैले एकै स्वरमा प्रतिबद्धता जनाए ।
नेपाल युथ फाउण्डेशनको समन्वय सहकार्यमा गढवा स्थित आयाम बहुउद्देश्यिय सहकारी संस्थाले २० जना महिला तथा पुरुषहरुका लागि १० दिने खाजा नास्ता बनाउने तालिम कार्तिक १५ गते देखि संचालन गरेको हो । शुक्रवार तालिम समापन कार्यक्रमको आयोजना गरि सहभागी २० जनालाई ग्यास चुल्हो, कराई, ४ थान स्टुल, १ थान टेबुल, मःम बनाउने सेट, चार्ट बनाउने तावा लगायतका ३५ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको युथ फाउण्डेशन नेपाल लुम्बिनीका तालिम संयोजक पुर्ण प्रसाद चौधरीले बताउनु भयो । सहकारी संस्थाले आर्थीक कारोवार मात्र होईन मानव बिकास सुचांकका कामहरु पनि गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यवसायमा प्रेरीत गर्न तालिम सहित सामाग्री प्रदान गरेको आयाम सहकारीका अध्यक्ष ओंम प्रकाश बस्यालले बताउनु भयो ।
संस्थाका अध्यक्ष ओंम प्रकाश बस्यालको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सिपसंगै ब्यवसाय प्रबर्धन गर्न सामाग्री समेत प्रदान गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो । सिप सिकेका सबैलाई ब्यवसाय सुरुवात गर्न प्रेरीत गर्दै स्थानीय सरकारले पनि सहयोग गर्ने र ब्यवसाय गरे नगरेको अनुगमन गर्ने बाचा गर्नुभयो । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले, सहकारी शाखाका प्रमुख अशोक कुमार यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर, सहकारी सञ्जाल गढवाका अध्यक्ष बेगम गहतराज, गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा, युथ फाउण्डेशन नेपालका पुर्ण प्रसाद चौधरी, प्रशिक्षक श्यामलाल खनाल र सहभागीहरु चन्द्र बहादुर थापा तथा माया थापाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव श्याम बहादुर चौधरीले गर्नुभएको थियो ।

